प्रहरीले नै हेरे मिस नेपाल

mis_nepalकाठमाडौं, १५ फागुन । ‘मिस नेपाल’ आयोजक संस्था हिडन ट्रेजरले नै प्रहरी गुहारेपछि बिहीबार जय नेपाल हल परिसरमा काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको निर्देशनमा ३ दर्जन प्रहरी सिनेमा हेर्न जय नेपाल हल पुगेका थिए ।
चलचित्रभित्र ‘मिस नेपाल’को बारेमा नराम्रो दृश्य देखाइएको भए त्यसलाई काट्न लगाउनु भन्ने आग्रह हिडन ट्रेजरको थियो । तर, ‘मिस नेपाल’ सिनेमाभित्र त्यस्ता कुनै दृश्य नभएपछि प्रहरीहरुले निर्मात्री तथा नायिका शुभेच्छा थापाको प्रशंसा गरेका थिए । मिस नेपाल आयोजक हिडन ट्रेजरले देखाएको कडा रबैया पनि अब सकिने छनक देखिएको छ । किनभने प्रहरीले नै सिनेमाभित्र कुनै नराम्रा दृश्य तथा संवाद नभएको बताएका छन् । तर, हिडन ट्रेजरले भने सिनेमा नै नहेरी च्यारेटी गर्न नदिने भन्दै लफडा मच्चाइरहेको थियो ।

प्रतिक्रिया