उपसभामुख बनिन् ओनसरी

काठमाडौं, १४ फागुन । संविधानसभाको उपाध्यक्षमा एकीकृत माओवादीकी सभासद ओनसरी घर्ती निर्वाचित भएकी छिन् । नयाँ बानेश्वरमा बुधवार बसेको संविधानसभाको बैठकबाट घर्तीलाई बहुमतले जिताएको हो ।
उनलाई नेपाली कांग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक, फोरम नेपाल, तमलोपा लगायत अधिकांश मधेशी तथा साना दलले पनि समर्थन गरेका थिए । संविधानसभाको उपाध्यक्ष पदमा निर्वाचित घर्तीले ४८४ मत पाइन् भने उनको विपक्षमा ५ मतमात्रै परेको थियो । एमाओवादीकी उम्मेदवार घर्तीको प्रस्तावकमा एमाओवादी नेता कृष्णवहादुर महरा थिए भने समर्थकहरुमा कांग्रेसका आनन्द ढुंगाना र एमालेका भीम आचार्य रहेका थिए ।
मंगलवार उपाध्यक्षका लागि एमाओवादीका तर्फवाट घर्ती दर्ता गरेको उम्मेदवारीलाई बुधवार बसेको संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो । अर्की उम्मेदवार नेपाल मजदुर किसान पार्टीका अनुराधा थापाले उम्मेदवारी दिएपनि चुनावी प्रक्रियामा भने सहभागी भइनन् ।

प्रतिक्रिया