सिरियासम्बन्धी शान्ति सम्मेलनप्रति झिनो आशा

तेहरान । इरानी राष्ट्रपति हसन रोहनीले जेनेभामा सुरु भएको सिरियासम्बन्धी शान्ति सम्मेलनको सफलताप्रति झिनो आशा रहेको बताएका छन् । सिरियामा विगत तीन वर्षदेखि जारी रक्तपातपूर्ण द्वन्द्व अन्त्यको लागि सिरियामा बुधबारदेखि स्विट्जल्यान्डको मोन्ट्रो सहरमा शान्ति वार्ता सुरु भएको छ ।
राष्ट्रपतिको आधिकारिक बेभसाइटमा केही राष्ट्रहरूको सहभागितामा सुरु भएको सिररिया विषयको उक्तबाट समस्या समाधानका लागि निकै कममात्र आश रहेको बताएका छन् । केही राष्ट्रको सहभागितामा हुन लागेको यस वार्ताले स्थायित्वका लागि खासै सहयोग नगर्ने पनि उनले बताए ।
सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनको समाधानका लागि जेनेभामा यो दोस्रो पटक सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन, अमेरिकी विदेशमन्त्री जोन केरी र रसियाली विदेशमन्त्री सेर्गेइ लाभरोभको औपचारिक सम्बोधन गरी सुरुवात गरेका थिए । मोन्ट्रो सहरमा भइरहेको यस शान्तिवार्ता सम्मेलनमा करिब ४० राष्ट्र र अन्तर्राष्ट्रिय समूहलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया