पाकिस्तानमा प्रहरी भ्यानमाथि आक्रमण

इस्लामावाद । उत्तरपश्चिम पाकिस्तानमा बुधबार बिहान एक प्रहरी भ्यानलाई लक्ष्यगरी गरिएको बम आक्रमणमा सात जनाको मृत्यु भएको समाचार छ । सो आक्रमणमा एक विद्यार्थीसहित सात प्रहरीको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको पनि स्थानीय सञ्चार माध्यमले बुधबार जनाएको छ ।
पाकिस्तानको खैबर पाक्थुन्कवा प्रान्तको सार्द्दा जिल्लमाअवस्थित सर्घेरी बजार क्षेत्रमा पोलियो उन्मुलन कार्यमा संलग्न समूहको सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी यात्रा गरिरहेका भ्यानलाई लक्ष्यगरी आक्रमण गरिएको स्थानीय टेलिभिजनल च्यानल दुनियाा जनाएको छ ।
प्रारम्भिक समाचार अनुसार अज्ञात आतङ्ककारीहरूले विस्फोटन पदार्थले भरेको साइकललाई प्रहरीको भ्यान र एक निजी विद्यालयनजिकै दुर नियन्त्रित यन्त्रले विस्फोटन गराएको जनाइएको छ ।
यस आक्रमणबाट घाइते भएका प्रहरी, विद्यार्थी र सर्वसाधारण व्यक्तिहरूलाई नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन ।
अघिल्लो दिन मात्र पाकिस्तानको करााची सहरमा पोलियो थोपा खुवाउने काममा रहेका तीनजना स्वास्थ्य कार्यकर्ताको हत्या भएको थियो । पाकिस्तान प्रहरीले कराची सहरमा जारी रहेको पोलियो थोपा खुवाउने कार्यक्रमस्थलमै पुगेर ती कार्यकर्ताको हत्या गएिको समाचारमा बताएको थियो ।
मङ्गलबार पोलियो थोपा खुवाउन पुगेका कार्यकर्तालाई नै लक्ष्यगरी तालिवानहरुले आक्रमण गरेको बताइएको छ । पोलियो थोपा खुवाउन पुगेका कार्यकर्तालाई बारम्बार तालिवानले नै आक्रमण गर्ने गरेका हुनाले आजको आक्रमणमा पनि तालिवानकै हात रहेको हुनु पर्ने प्रहरीले अनुमान गरेका छन् ।

प्रतिक्रिया