म्यानमारमा बालअधिकारका लागि पहल गरिने

याङ्गुन । म्यानमारको बालअधिकारसम्बन्धी राष्ट्रिय समितिले बालअधिकार सुरक्षित गर्न विभिन्न पहलहरू गरिने राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले बुधबार जनाएको छ । समितिका अध्यक्ष डा. डाओ म्याट म्याट ओन खिनले न्यूनतम बालअधिकारहरू–बााच्न पाउनु, कुप्रभावबाट बच्न पाउनु, दुरुपयोग हुनुबाट बच्नु, श्रम शोषण हुनबाट बच्नु र परिवार, संस्कृति, सामाजिक जनजीवनमा घुलमिल हुने जस्ता गतिविधिहरू सुनिश्चित गर्न सरकारले प्रत्याभूति दिने तर्फ विशेष कदम चाल्ने बताए ।
डा. डाओ म्यानमारको समाजकल्याण राहत र पुर्नवास मन्त्रीसमेत हुन् । उहााले म्यानमारको बालकानुन १९९३ को संशोधन गरिने र राष्ट्रिय बालकार्य योजना २००६–२०१५ पनि पूर्णरुपमा छिट्टै लागु गर्ने बताउनुभयो ।
यसै क्रममा याङगुन बाल विकाश केन्द्र पनि छिट्टै स्थापना गरिने बताउनुभयो । म्यानमारले सन् २०१७ सम्ममा बालअधिकार सम्बन्धी राष्ट्रसङ्घीय समझदारी पत्र अनुसार प्रतिवेदन बुझाउनुपर्ने छ ।

प्रतिक्रिया