ताण्डवमा नम्रतासँगै र्‍यापर आशिष

काठमाडौं, ६ माघ । अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समयमा चलचित्र ‘बधशाला’ निर्माण गरेको स्म्यासिङ एप्पलको दोस्रो प्रस्तुति ‘ताण्डव’का लागि अनुबन्धित भएकी छिन् ।
अभिनेत्री नम्रातासँगै ब्याटल र्‍यापर आशिष राणा ‘लाहुरे’ पनि ‘ताण्डव’मा अनुबन्धित भएका छन् । चलचित्र ‘ताण्डव’ मा मुर्रे केरको namrataनिर्देशन रहने छ । नयाँ चलचित्र ‘ताण्डव’ बारे नम्रताले आफ्नो भूमिका महत्वपूर्ण र फरक किसिमको रहेको बताएकि छिन् । अहिले चलचित्रका कलाकारहरु चलचित्रको वर्कसपमा व्यस्त छन् । सर्वनाम थिएटरमा निर्देशक अनुप बरालसँग लाहुरेले अभिनयको प्रशिक्षण लिइरहेको अभिनेत्री नम्रताले बताएकि छिन् ।
कथावस्तु गोप्य नै राखिएको चलचित्र ‘ताण्डव’मा अभिनेत्री नम्रता र लाहुरे बाहेक अन्य मुख्य कलाकार फाइनल हुन बाँकी रहेको चलचित्र निर्माण युनिटले बताएको छ । निर्माण कम्पनीले यस्को औपचारिक जानकारी गराएको भने छैन । ‘ताण्डव’ को सुटिङ फागुनबाट प्रारम्भ हुने बताइएको छ ।

प्रतिक्रिया