युट्युबबाट पैसालिँदै राजेश

rajesh-payal--rai

काठमाडौं, २४ मंसिर । पछिल्लो समय सामाजिक सञ्जालको माध्यमले सबै वर्गका स्रोता तथा दर्शकका लागि फाइदा पुर्‍याएको छ । दास्रो संविधानसभाको चुनावमा पनि सामाजिक सञ्जालको राम्रै किसिमले उपयोग भएको थियो । सामाजिक सञ्जालका माध्ययमहरू फेसबुक, युट्युव, ट्विटरलगायत माध्ययमबाट धेरैले प्रचारप्रसार गरेको पाइयो ।
त्यस्तै पछिल्लो समयमा नेपाली कलाकारहरू पनि सामाजिक सञ्जालसँग जाडिएका छन् । यसै क्रममा गायक राजेशपायल राई पनि सामाजिक सञ्जालमा राम्रैसँग जोडिएका छन् । आफ्ना फ्यानहरूसँग सजिलै पुग्न सकिने पनि सामाजिक सञ्जालले सम्वन्धको रूपमा काम गरेको छ । गायक क्षेत्रमा लागेपछि गायक राजेशपायलले १७औँ एल्बम ‘दर्शन नमस्ते २’पछि मात्र सामाजिक सञ्जालबाट रकम लिन लागेका हुन् । उनले आफ्नो पछिल्लो एल्बम ‘दर्शन नमस्ते २’लाई सामाजिक सञ्जालमा राम्रो किसिमले पेलिरहेका छन् । एल्बमको गीतभन्दा पनि भिडियोसँगै गीत सुन्न चाहने दर्शकको संख्या बढेको गायक राजेशको बुझाइ रहेको छ । त्यसैले गायक राजेशले आफ्नो पछिल्लो एल्बम ‘दर्शन नमस्ते २’को ‘छैन तिमीबाहेक…’ बोलको गीतलाई युट्युबमा राखेर प्रसारप्रचार गरिरहेका छन् ।
पछिल्लो एल्बम ‘दर्शन नमस्ते २’भन्दा पहिला सामाजिक सञ्जालको बारेमा ज्ञान नभएर आफूले युट्युबको भिजिटरहरूबाट पाएको रकम नपाएको गायक राजेशले बताए । आफ्नो गीतलाई युट्युबमा ५ देखि सात लाखको हाराहारीमा भिजिटर हुने गरे पनि आफूले रकम नपाएको बताए । तर, सामाजिक सञ्जालको बारेमा विस्तारै थाहा पाउँदै गएपछि पछिल्लो एल्बम ‘दर्शन नमस्ते २’लाई रकम पाउने सर्तमा भिडियो दिएको गायक राजेशपायलले बताए । पैसाका लागि सम्झौता भइसकेको पनि गायक राजेशपायलले सौर्यसँगको कुराकानीमा बताए । पछिल्लो समयमा टेक्नोलोजीले पछिल्लो समयमा कलाकारहरूलाई फाइदा पुर्‍याएको बताउने गायक राजेशपायलका अनुसार युट्युबमै राखिएको गीतका कारण कतारको क्युटिल टेलिकममा एल्बम ‘दर्शन नमस्ते २’को गीत शीर्ष ३ मा रहेको बताए ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा पनि प्रतिस्पर्धा चलिरहेको छ । अहिले आएर एल्बमको गीत मात्र राम्रो भएर हुन्न । त्यस्तै किसिमको म्युजिक भिडियोको पनि उत्तिनै आवश्यक रहेको छ । त्यहि कारणले गायक राजेशले एल्बम ‘दर्शन नमस्ते २’को गीत ‘छैन तिमीबाहेक…’ बोलको गीतलाई निकै ठूलो बजेटमा तयार गरेको बताए । म्युजिक भिडियो छायांकनका लागि सौराहा प्रवेशद्धारको आसपासमा गरेका थिए । म्युजिक भिडियोको लोकेसन पनि निकै खर्चालु रहेको गायक राईले बताए । अभिनेत्री तथा मोडल हेमा श्रेष्ठलाई लिएर गायक राजेशले सो गीतका लागि एक्सन कट खाएका थिए । भिडियोको छायांकन राप्ती किनार र आसपासका रमणीय स्थानहरूमा गरिएको थियो । दुई दिन लगाएर म्युजिक भिडियोको सुटिङ पूरा भएको पनि गायक राजेशपायलले बताए । पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा निकै व्यस्त रहेका निर्देशक मिलन चाम्सले निर्देशन गरेको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । गायक राजेशपायलका अनुसार साढे ३ लाखको रेड क्यामेराले पहिलोपटक आफ्नो गीतको भिडियो छायांकन गरिएको गायक राजेशपायलले दाबी गरे ।
अक्टोबर १० तारिखका दिन अर्थात् असोज १८ गते सरलिज गरिएको भिडियो डिसेम्बर ८ तारिख अर्थात् हिजो यो समाचार तयार पार्दा बेलुकीसम्म भिडियोलाई ३२ हजार २ सय ३८ भन्दा माथिले हेरेका छन् । आफ्नो फुर्सदको टाइममा फेसबुकका फ्यानहरूको मात्र नभएर युट्युबका फ्यानहरूको पनि कमेन्टहरू पढिरहेको हुने गायक राजेशपायलले बताए । एल्वम किन्न नसक्ने फ्यानहरूका लागि युट्युब सजिलो माध्यम रहेको गायक राजेशले बताए । आफ्ना फ्यानहरूले एल्बम किन्न नसकेको खण्डमा गीतहरू भिडियोसँगै फ्रिमा डाउनलोड गरेरै हेर्न मिल्ने हुनाले पनि दर्शकहरूका लागि पनि युट्युब सजिलो भएको बताए । राजेशले भने, ‘कलाकारहरूले फ्रि मा हेर्दा हामी कलाकारहरूलाई रकम आइरहेको हुन्छ । सामाजिक सञ्जालले कलाकार र फ्यानबीचको दूरीलाई जोड्ने काम गरेको छ ।’

प्रतिक्रिया