कृषि उत्पादनमा विषादीको प्रयोग बढ्यो

रौतहट : कृषि उत्पादन बढाउनका लागि रौतहटका किसानले खेतबारीमा रासायनिक पदार्थ र विषादी प्रयोग बढाएका छन् । चेतनाको अभावमा रौतहटमा पछिल्लो समयमा कृषि उत्पादनमा व्यापक रुपमा रासायनिक पदार्थ र विषादी प्रयोग
भइरहेको हो ।
जिल्लको विभिन्न गाविसमा व्यावसायिक रुपमा गरिएको तरकारीखेतीमा व्यापक रुपमा रासायनिक पदार्थ र विषादी प्रयोग भइरहेको छ । पछिल्लो समयमा किसानले उत्पादन बढ्ने भन्दै प्राङ्गारीक मलभन्दा पनि रासायनिक मल र विषादीमा जोड दिन थालेका छन् ।
रौतहटमा धेरै खेती हुने गोलभोडा, काउली, बोडी, सिमीलगायत अन्य तरकारीमा व्यापक मात्रामा रासायनिक पदार्थ र विषादी प्रयोग हुादै आएको जिल्ला कृषि विकास कार्यालय रौतहटले जनाएको छ । यस्तो कृषि उत्पादन सेवन गर्नले मानव शरीरमा गम्भीर असर पर्ने कृषि विज्ञको भनाइ छ । किसानले भने खेतीपाती गर्ने बेलामा कसरी रासायनिक पदार्थ र विषादी सेवन गर्ने भन्ने जानकारी कतैबाट नपाएको गुनासो
गरेका छन् ।
गत वर्ष आइपिएम समाज रौतहटले १० वटा गाविसमा जनचेतनासहित कार्यक्रम गरेको आइपिएम समाजका अध्यक्ष लालबाबु चौधरीले बताए । (सौस)

प्रतिक्रिया