‘संविधानसभा निर्वाचनको छानबिन हुनुपर्छ’

काठमाडौं, २१ मंसिर । राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीले संविधानसभा बहिष्कार गर्ने कुनै संभावना रहेको बताएको छ ।

मधेस मिडिया हाउसमा विहिवार आयोजित पत्रकार सम्मेलनमा उनिहरुले आफुहरुले संविधानसभा बहिस्कार नगर्ने बताएका हुन्। ”चुनावमा भाग लिएको संविधानसभामा जानको लागि हो” राजकिशोर यादवले भने– संविधानसभामा जान्छौ तर निर्वाचनको स्वतन्त्र छानविन हुनु पर्छ । सद्भावना अध्यक्ष अनिल झाले संविधानसभाको प्रक्रियाबाट आफुहरु नभाग्ने बताए ।
पत्रकार सम्मेलनमा फोरम गणतान्त्रीक, संघिय सद्भावना, मधेस तराइ फोरम र सरिता गिरी नेतृत्वको सद्भावना बिच पार्टी एकताको प्रक्रिया सुरु भएको जानकारी दिइयो ।

प्रतिक्रिया