मच्छिन्द्रको हिमालयन शेर्पामाथि जित

ncell-cupकाठमाडौ, २० मंसिर । कर्ण लीम्बुको गोलमा मच्छिन्द्र क्ललबे बुधबार भएको एनसेल कप फुटबल प्रतियोगिताको खेलमा हिमालयन शेर्पा क्लबलाई १–०ले पराजित गरेको छ । कर्णले ६६ औ मिनेटमा सुसील केसीको पासलाई उपयोग गर्दै गोल गरे । जित पछि फ्रेन्ड्स क्लब सम्मीलीत समुहको अबस्था रोचक बनेको छ । पहिलो खेलमा हिमालनय शेर्पाले फ्रेन्ड्सलाई पराजित गरेको थियो । बुधबार भएको अर्को खेलमा नेपाल आर्मी क्लब र संकटा क्लब विच गोलरहित बराबरी भयो । बराबरी पछि नेपाल आर्मी क्लब नकआउट चरणमा प्रबेश गरेको छ । आर्मी क्लब र संकटा विचको अन्तिम खेलबाटनकआउट चरण प्रबेश गर्ने अर्को टोलीको टुंगो लाग्ने छ।

खेलमा पहिलो राम्रो मौका भने हिमालनयले पाएको थियो । १७ औ मिनेटमा हेमन गुरुङले प्रापत अबसरको सदुपयोग गनृ सकेनन् । ३० औ मिनेटमा सेगुनको प्रहार साइडबाराम लागे पछि हिमालयन शेर्पा फेरी एक पटक अग्रताबाट चुकेको थियो । दोस्रो हाफमा भने मच्छिन्द्र क्लब समहालीएको थियो । तर पनि ७७ औ मिनेटमा सेगुनको पासमा जस बहादुर राइले राम्रो मौका गुमाए पछि हिमालयन शेर्पा फेरी एक पटक गोल गर्नबाट चुकेको थियो । ८७ औ मिनेटमा जस बहादुरले फेरी एउटा राम्रो मौका गुमाए ।
अर्को खेलमा जाउलाखेले पहिलो राम्रो मौका पहिलो हाफको अन्तिम मिनेटमा पाएको थियो । अजय थापाले नजीकैबाट हेड गर्ने अबसर पाए पनि बाहीर प्रहार गरेर त्यसलाई खेर पाmले । ७७ औ मिनेटमा कनैया सुब्बाको प्रहार संकटाका गोलरक्षक पियरेले बचाए । इन्जुरी समयमा राम थापाको प्रहार क्रसबारमा लागेर फर्केको थियो ।

प्रतिक्रिया