दिल्ली चुनावमा ‘आआपा’को परीक्षण

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा बुधबार विधानसभा चुनावका लागि मतदान भएको छ । नयाँ दिल्लीको जनसंख्या १ करोड ६८ लाख छ । यस राज्यमा सन् १९९८ देखि कंग्रेस पार्टीले प्रशासन सञ्चालन गर्दै आएको छ । यहाँ महँगी, महिलामाथि आक्रमण तथा भ्रष्टाचारका विषयमा मतदाता क्रुद्ध देखिएका छन् ।

सन् २०११ मा मुलुकभर चलेको भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको राजनीतिक दल आम आदमी पार्टी (आआपा) को यस चुनावमा पहिलो परीक्षण हुने देखिएको छ । पूर्वकरनिरीक्षक अरविन्द केजरिवाल नयाँदिल्लीमा उम्मेदवार भएका छन् । उनले आºनो जितको अपेक्षा राखेका छन् । यसले आगामी वर्ष हुने राष्ट्रव्यापी आमचुनावमा राजनीतिक भूकम्प ल्याउने अनुमान गरिएको छ । केजरिवालले आºनो मत दिल्लीको केन्द्रीय भागमा खसाले । उनको साथमा करिब १ सय समर्थक गान्धी टोपी तथा कुचो लिएर सहभागी भएका थिए । कुचो उनको दलको चुनाव चिह्न हो ।
४४ वर्षीय केजरिवालले स्वच्छ राजनीतिका लागि प्रतिबद्धता जनाएका छन् । उनी नयाँ उम्मेदवार पनि हुन् । यसपटक जनताले भ्रष्टाचारको विरोधमा मत दिने उनले बताएका छन् । कुनै समय अन्ना हजारेका सहयोगीका रूपमा रहेका उनले एक वर्षअघि छुट्टिएर आम आदमी पार्टी गठन गरेका हुन् । हजारेले सन् २०११ मा नयाँ भ्रष्टाचारविरोधी कानुनको माग गर्दै राष्ट्रव्यापी रूपमा प्रदर्शन गरेका थिए ।
अन्य चार राज्यसहित दिल्लीको चुनाव प्रतिपक्षी भारतीय जनता पार्टी तथा उसका नयाँ कट्टरपन्थी नेता नरेन्द्र मोदीका लागि पनि महत्त्वपूर्ण मानिएको छ । उक्त पार्टीले आमचुनावका लागि मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ । उनले यी चुनावमा विजय हासिल गर्न अभियानलाई तीव्रता दिएका छन् । पाँचवटै राज्यमा आइतबार नतिजा घोषणा हुनेछ ।
भारतको अभिमत सर्वेक्षणमा आम आदमी पार्टीले ७० स्थानको सभामा ६ देखि ३० स्थानसम्म प्राप्त गर्ने अनुमान गरिएको छ । इन्डियन एक्सप्रेसले बुधबार सम्पादकीयमा यस चुनाले नयाँ शक्ति आम आदमी पार्टीलाई परीक्षण गर्ने उल्लेख गरेको छ ।
आमचुनावमा वामपन्थीप्रति झुकाव राख्ने कंग्रेस पार्टीले तेस्रो अवधिका लागि विजय हासिल गर्ने अनुमान गरेको छ भने मोदी तथा भारतीय जनता पार्टीले बहुमत प्राप्त नगरी प्रमुख स्थान प्राप्त गर्ने अपेक्षा राखेको छ । भारतको सबैभन्दा लामो अवधिसम्म मुख्यमन्त्री रहेका शिला दीक्षितले पत्रकारलाई आफूहरूले दिल्लीको विकासका लागि निरन्तर रूपमा काम गरेको बताएकी छन् ।

प्रतिक्रिया