६ बालक चार दिनदेखि सम्पर्कविहीन

धनगढी : घरबाट मर्निङ वाकमा जान्छु भनेर गएका ६ बालक चार दिन हुदासम्म पनि फर्केका छैनन् । धनगढी नगरपालिका ३ भन्सारका ती बालकहरू आइतबार बिहान मर्निङ वाक गर्न भनेर गएको अभिभावकले बताएका छन् ।
वर्किङ वाकमा जान्छु भनेर गएका १४ वर्षीया शैलेश अवस्थी र उनको भाइ १२ वर्षीया ओमप्रकाश अवस्थी, सोही ठाउाका १३ वर्षीय मोहन ओली, १४ वर्षीया रोहित भनिने रोसन थापा, कुटु भनिने आकाश थापा र दिपेश साउाद घर नफर्केर चार दिनदेखि बेपत्ता भएको कैलाली प्रहरी कार्यालयले जनाएको छ ।
घरबाट मर्निङ वाकमा गएका आºना बच्चाहरू नफर्के पछि आफन्तजनले प्रहरी प्रशासन तथा मानवअधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसस्थाहरूलाई खोजी गरिदिन आग्रह गरेका छन् ।
प्रहरीले बेपत्ता भएका ६ वटै बालक कैलालीको त्रिनगर भन्सार नाकाबाट भारत तिर लागेको हुनसक्ने आशंका रहेको छ । नेपाल तथा भारतका विभिन्न ठाउँमा बालकको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । (सौस)

प्रतिक्रिया