कालिकोट, २० मंसिर । संबिधानसभा निर्वाचन सुरक्षाका लागी तिरपूरागण नेपालगञ्जबाट आएको शसस्त्र प्रहरी बललाई कालिकोट नछोड्न स्थानियले आग्रह गरेका छन् ।
कालिकोटमा शसस्त्र प्रहरीको आवश्यकता भएको भन्दै कालिकोट ताडीका स्थानियवासीहरूले जसरी पनि शसस्त्रलाई कालिकोटमै राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले २०६६ सालदेखि कालिकोट सदरमूकाम मान्मा देखि २ किलोमिटरमा पर्ने ताडीबजारमा सुरक्षाको माग गर्दै आएका थिए । तर उनीहरूको मागलाई राज्यले वेवास्था गरेको भन्दै यस पटक पनि आफुहरूको मागलाई बेवास्था गरे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
बिगतमा जिल्ला ट्राफिक कार्यालयलाई ताडीमा राख्ने भनिएपछि स्थानीयले २ सय वर्गमिटर जग्गा निशुल्क उपलब्ध गराई ट्राफिक कार्यालयको नाममा पास गरिदिएका थिए । जिल्ला ट्राफिक कार्यालयलाई सदरमूकाम मान्ममै राखेको प्रति असन्तुष्ट्रि व्यक्त गरेका ताडीका स्थानीयवासीले यसपटक जसरी भएपनि शसष्त्र प्रहरीलाई सोही ठाउमा राख्न दवाव दिदै सडक अवरोध समेत गरेका छन् ।
सुरक्षाको लागी कालिकोट ताडीका स्थानीयवासीेको माग आएपछि जिल्ला सुरक्षा समितीले कालिकोटमा अस्थाई प्रहरी चौकिका लागी गृह मन्त्रालयलगायतका निकायमा सिफारिस पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर बुढाले जानकारी दिए । उनले भने, ‘कालिकोट सुरक्षाका दृष्ट्रिकोणले अति सम्बेदनशील भएकोले स्थानियको माग बमोजिम कालिकोटको ताडीलगायतका स्थानहरूमा अस्थाई प्रहरी चौकिको आवश्यक भएको भनि हामीले मन्त्रालयमा पत्र पठाइसकेका छौं । मन्त्रालयबाट त्यसको जवाफ के आउँछ हामी पर्खिएका छौं ।’ उनले कालिकोटवासीका लागी थप सुरक्षाको आवश्यक रहेको समेत बताए । बिभिन्न समयमा हुन सक्ने झडप, दुर्घटनालगायतका संभाबित घटनाक्रमले गर्दा पनि कालिकोटको ताडीमा अस्थाई प्रहरी चौकीको आवश्यकता रहेको छ । संबिधान सभा निबार्चनका लागी आएको शसस्त्र प्रहरी ताडीमा वस्दै आएको थियो ।
ताडीका स्थानीयवासी नरेन्द्र पाण्डेले ५ वर्ष पहिले नै बुवाको नाममा रहेको जग्गा ट्राफिक प्रहरीको नाममा पास गरेपनि आफुहरूको मागलाई बेवास्था गरेर ट्राफिक प्रहरीलाई सदरमूकाममा नै राखेको प्रति आक्रोस व्याक्त गरे । उनले भने, ‘अहिले कालिकोटमा आएको सशष्त्र प्रहरीको युनिट कर्णालीको हो, कार्णालीको सशष्त्र प्रहरी कर्णालीमा नै बस्नुपर्छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै राज्यले माग सम्बोधन गर्नेमा आफुहरू आसाबासी रहेको स्थानिय ताडी बजार व्यवस्थापन समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताए ।
प्रतिक्रिया