चिनियाँ साहित्यकारको काठमाडौंमा सम्झना

काठमाडौं, २० मंसिर । चिनियाँ साहित्यकार लु सुनको स्मृति दिवसका अवसरमा देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठानले यही मङ्सिर २१ गतेदेखि लु सुनको जीवन र लेखनसम्बन्धी दुई दिने प्रदर्शनीसहित विशेष कार्यक्रम गर्ने भएको छ ।

आधुनिक चीनको साास्कृतिक क्रान्तिका अगुवा लु सुनले सन् १९१७ देखि साहित्य लेख्न थालेका हुन् । आफ्नो जीवनकालमा उनले १६ वटा निबन्ध सङ्ग्रह रचना गर्नुको साथै साहित्य क्षेत्रमा ४० लाखभन्दा बढी शब्द खर्चनु भएको थियो । साम्राज्यवादी राष्ट्रहरुले चीनलाई टुक्रा टुक्रा गरी भूमि बाँडाफाँड गरी लिन गरिएको पेरिस सम्झौताको विरुद्ध उनले साहित्यिक आन्दोलन गरेका थिए ।
उनका २१ वटा पाण्डुलिपी चीनको विभिन्न सङ्ग्रहालयमा सुरक्षित राखिएको छ । ‘बहुलाहाका डायरी’ लु सुनका विश्वप्रसिद्ध कृति हुन् । नेपालमा लु सुनबारे ६२ वर्षदेखि चर्चा सुरु भएको हो । बुधवार आयोजित पत्रकार सम्मेलनमा चीनको बेइजिङबाट ल्याइएका लु सुनका महत्वपूर्ण फोटो, दस्तावेज तथा पुस्तक प्रदर्शनीमा राखिने जानकारी दिइयो । त्यस्तै उनका विषयमा हुने विचार गोष्ठीमा नेपाल, चीन र अस्ट्रेलियाका विद्धानहरुले भाग लिने भएको सो प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा लु सुन सङ्ग्रहालयका निर्देशक याङ याङ, बेइजिङ युनिभर्सिटीका प्राध्यापक गाओ युआंगडोंग, रेनमिन युनिभर्सिटीका वरिष्ठ प्राध्यापक शुन यी तथा अस्ट्रेलियाका साउथ वेल्स युनिभर्सिटीका वरिष्ठ प्राध्यापक जोन एउगिन भोन कोलिस पनि सहभागी हुदैछन् । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले लु सुन विश्व विख्यात साहित्यकार मात्र नभई चीनको साास्कृतिक क्रान्तिको अगुवा भएको र उनले चिनियाा क्रान्तिमा दिएको योगदान नेपालको क्रान्तिलाई पनि मार्गदर्शन हुने धारणा व्यक्त गरे ।
प्रतिष्ठानका महासचिव रविन्द्र बराइलीले लु सुनको साहित्यले नेपाल र चीनबीचको साहित्य तथा साास्कृतिक सम्बन्धलाई जनस्तरमा विकसित गर्न महत्वपूर्ण योगदानको चर्चा गरे ।

प्रतिक्रिया