काठमाडौं : युवा तथा साना व्यवसायी रोजगार कोषका पीडित परामर्शदाता कर्मचारीले आफूलाई नियम विपरित अवकाश दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
कोषका पदाधिकारीले उनीहरुलाई हटाएर आफ्नै नातेदारलाई नियुक्ति दिएको आरोप पनि उनीहरुले लगाएका छन् । पीडित कर्मचारीले आव २०६९/०७० मा २३ जनाको रिक्त दरबन्दी पूर्तिका लागि गत पुस २ गते सूचना प्रकाशित गरिएपनि सो सूचनालाई लत्याएर कोषका उपाध्यक्षदेखि अन्य कर्मचारीका ३३ जना नातेदारलाई नियुक्ति दिइएको र यसअघि नियमबमोजिम नियुक्त भएका परामर्शदातालाई बिनासूचना अवकाश दिइएको आरोप
उनीहरुको छ ।
उनीहरुले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, अर्थमन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल बार एसोसिएसन लगायतका निकायमा समेत बोधार्थ पठाएका छन् ।
प्रतिक्रिया