नेपाली टिम दिल्लीसँग पराजित

काठमाडौं, १९ मंसिर । राजधानीमा जारी ‘जर्नी टू वल्डकप’ क्रिकेट अन्र्तगत मंगलबार भएको खेलमा नेपालको राष्ट्िरय टोलि भारतको दिल्ली वान्डर्रर्ससँग २४ रनले पराजित भएको छ ।

कीतिर्पुर मैदानमा दिल्ली वाण्डर्रर्सले दिएको २३६ रनको लक्ष्य पछयाएको नेपाल ४१ दशमलव ४ ओभरमा २११ रनमा समेटिएको थियो । ४५ ओभरमा झारिएको खेलमा नेपालका महेश क्षेत्री र कप्तान ज्ञानेन्द्र मल्लले अर्धसतकीय पारी खेले पनि जीतबाट नेपाल टाढा रहयो ।
यसअघि दिल्ली वान्डरर्रसले ४४ दशमलव एक ओभरमा अल आउट हुँदै २३६ रन बनाएको थियो । पारस खड्का, अविनाश कर्ण र शक्ति गौचन बिना खेलेको नेपालका लागि यू १९ टोलीका बलर सोमपाल कामीले ४ तथा रामनरेश गिरी र अमृत भट्टराईले २/२ विकेट लिए । नेपाल आज ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको थियो ।
यस अघि सोमवार भएको प्रतिस्पर्धामा नेपालले भारतको एयर इन्डियालाई ५ विकेटले पराजित गरेको थियो । अर्को महिना न्यूजिल्याण्डमा हुने एक दिवसीय विश्वकप छनौटको अभ्यास स्वरुपय सो प्रतियोगिता आयोजना गरिएको हो । (सौस)

प्रतिक्रिया