दाहालले धाँधली गरी चुनाव जितेको भन्दै मुद्दा

prachandaकाठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले धाँधली गरी सिरहाबाट चुनाव जितेको जिकिर गर्दै संविधानसभा अदालतमा मुद्दा परेको छ ।
सिरहा क्षेत्र नम्बर ५ मा एमाओबादी कार्यकर्ताले ६ स्थानमा बुथ कब्जा गरी चुनाव जितेको दाबी गर्दै मंगलबार एमाले उम्मेदवार लीला श्रेष्ठले मुद्दा दायर गरेका हुन् । चुनावमा धाँधली गरी आºनो पार्टीलाई कांग्रेस र एमालेले हराएको दाबी गर्दै आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला अध्यक्ष दाहालविरुद्ध उल्टै मुद्दा परेको हो । ‘यस चुनाव क्षेत्रका ६ मतदान केन्द्र कब्जा गरी एकलौटि मत खसालिएको छ र बास्तविक मतदाताले मतदान गर्न नै पाएनन्,’ दायर मुद्दामा भनिएको छ, ‘धाँधली भएका ६ मतदानकेन्द्रमा पुन: मतदानको माग गर्दछु ।’
श्रेष्ठद्वारा दायर मुद्दामा एमाओवादी कार्यकर्ताले मतदानकेन्द्र नियन्त्रणमा लिई एकलौटी मत खसालेको जिकिर गरिएको छ । उनले धाँधलीको अनुसन्धान गरी ६ मतदानकेन्द्रमा पुन: मतदान गराउन माग गरेका छन् । दाहाललाई जिताउन कल्याणपुर कालाबजार प्रावि ‘क’, र ‘ख’, बढहरा निमावि झुल्किया ‘क’ र ‘ख’, बढहरा प्रावि झुल्किया ‘क’, र ‘ख’, मतदानकेन्द्रमा बुथ कब्जा गरेको मुद्दामा उल्लेख छ । उनले चुनाव सम्पन्न भएकै दिन जिल्ला निर्वाचन कार्यालयमा १० जना उम्मेदवारले सामूहिक उजुरी दिए पनि छानबिन प्रक्रिया अघि नबढेको उल्लेख गरेका छन् । ‘निर्वाचन आयोगको उदासिनताका कारण स्वच्छ चुनावको अनुभूति यस क्षेत्रका बासिन्दाले गर्न पाएनन्,’ उनले भनेका छन् ।
सिरहा–५ मा दाहालसहित ३८ उम्मेदवार चुनावी मैदानमा थिए । तीमध्ये एमालेका श्रेष्ठ झिनो मतान्तरले पराजित भएका थिए । दाहाल १५ हजार २ सय ४४ मत ल्याई विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १४ हजार ३ सय २३ मत प्राप्त गरेका थिए । श्रेष्ठद्वारा दायर मुद्दामा ६ मतदानकेन्द्र कब्जा नगरिएको भए आºनो जित निश्चित रहेको उल्लेख छ ।

प्रतिक्रिया