काठमाडौं, १९ मंसिर । वैदेशीक रोजगारका क्रममा नीतिगत भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारी अधिकारी र विचौलीया सहित ६४ जना विरुद्ध दायर गरेको छ । विभिन्न मुलुकमा जाने कामदारलाई झुक्याएर आफ्नो कार्यजालो भित्र पारेर निर्णयको सक्कल फाइल समेत गायव पारेको भन्दै अख्तियारले ३४ लाख ३९ हजार ५ सय रुपियाँ विगो जरिवानको माग सहित विशेष अदालत काठमाडौमा मंगलबार मुद्दा दायर गरेको छ ।
भिषामा उल्लेख भएको कम्पनी र पेसाको सट्टा अर्को कम्पनी र पेशा उल्लेख गरी प्रणालीगत भ्रष्टाचारको आरोपमा अख्तियारले उनीहरु विरुद्ध मुद्धा दायर गरेको हो । बैदेशिक रोजगार विभाग, अध्यागमनका कर्मचारी, बैदेशिक रोजगार व्यवसायी र बिचौलीयाको मिलेमतोमा प्रणलीगत भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियारले मुद्धा दायर गरेको हो । कर्मचारी, व्यवसायी र बिचौलीयाहरुले मिलेमतोमा सेटिङग मिलाई सर्वसाधारणलाई ठगी गर्दै आएको उजुरीका आधारमा केही समयअघि अख्तियारले छापा मारेको थियो । सो क्रममा अख्तियारले प्रणलीगत भ्रष्टाचार भएको प्रमाण भेटेको थियो ।
बैदेशिक रोजगार क्षेत्रमा व्यापक भ्रष्टाचार भएको भन्दै सर्वसाधारणले व्यापक गुनासो गर्दै आएका थिए । ‘यो घटनाप्रति अख्तियार संवेदनशील छ आगमी दिनमा यस क्षेत्रमाथि हाम्रो विषेश निगरानी छ’ अख्तियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।अख्तियारले वैदेशीक रोजगार विभागको अन्तिम श्रम स्वीकृत शाखाका कर्मचारी, श्रम तथा अध्यागमन कार्यालयका कर्मचारी, मेनपावर सन्चालक, विचौलिया गरि ६४ जना विरुद्ध सामुहिक घुस रिसवतको मुद्धा दायर गरेको हो ।
प्रतिक्रिया