रहेनन् ‘फास्ट एन्ड फ्युरियस’का स्टार पउल

Paul-Walker-Fast-and-Furiouलस एन्जल्स : चचिर्त हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस’का अभिनेता पउल वाकरको उत्तरी लस एन्जलसमा भएको कार दुर्घटनामा निधन भएको छ । ४० वर्षीया पउलका निकटवर्ती एम भान आडेनका अनुसार शनिबार दिउँसो उनी दुर्घटनामा परेका हुन् ।
साथीको कारमा चढेर एउटा च्यारिटीमा सहभागी हुन गइरहेका बेला वाकर दुर्घटनामा परेको समाचार अमेरीकन मनोरञ्जन वेभसाईट टिएमजेटले बताएको छ । वाकर निधनअघि ‘फास्ट एन्ड फ्युरियस’ चलचित्र सिरिजको अर्को भागमा काम गरिरहेका थिए । उनी यही महिना रिलिज हुन लागेको चलचित्र ‘आवर्स’मा पनि मुख्य अभिनेता रहेका थिए । अभिनेता पउलको मृत्युको खबर उनकै फेसबुक पेजमापनि हालिएको छ । (एजेन्सी

प्रतिक्रिया