सोनाको साधारणसभा

काठमाडौं : सोसाइटी अफ नेप्लिज आर्किटेक्स (सोना) को १९ औं बार्षिक साधारण सभा राजधानीमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रबिन्द्र कुमार शाक्यको प्रमुख आतित्थ्यतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष शाक्यले नेपालको पुरातात्वयीक संरचनाको जर्गेना गर्दै नेपाल बास्तुबिद्ध समाज समय सापेक्ष अघि बढ्नु पर्ने बताए । कार्यक्रममा सहरी बिकास मन्त्रालय सचिव किशोर थापाले आर्किटेक पेशाको बारेमा आम मानिसमा जानकारी कम भएकाले पनि यो क्षेत्रको क्षमता बिस्तारमा प्रशस्त अवसरहरु रहेपनि आझेलमा रहेको बताए । सरकारले कुल बजेटको ३ प्रतिशत मात्र प्राबिधिक शिक्षामा खर्च गरेकाले यस क्षेत्रले सोचो जस्तो सफलता प्राप्त गर्न नसकेको बताए ।
कार्यक्रममा जग्गा तथा आवास बिकास संघका अध्यक्ष इच्छाराज तमाङ्गले सोनाले बास्तुबिद्धहरुको हक अधिकारसंगै मुलुकको परम्परागत मौलिकतालाई संरक्षण गर्दै सुन्दर सहर निमार्णमा खेलेको भुमिकाको प्रसंशा गरे । सो अबसरमा सोनाका अध्यक्ष स्वरुप गुरुङ्ग कानेले नेपाली आर्किटकका बिचमा प्रशस्त अवसरहरु हुादा समेत राज्यले यसको उचित उपयोग र सम्मान गर्न नसकेको बताए । सोनाको भुमिकालाई अझै प्रभावकारी ढंगबाट अघि बढाउन १२ बुदे मार्गचित्र तयार गरेको पनि सो अवसरमा गुरुङ्गले बताए । (सौस)

प्रतिक्रिया