प्राधिकरणको नीतिको कारण विद्युत् खेर गयो

दोलखा, १७ मंसिर । राजधानी काठमाडौ सहित देशका ठूला सहरका जनताले विद्युत अभावपको पिडा सही रहेकै समयमा दोलखामा भने आयोजनाका विद्युत बढी भएर खेर गइरहेको छ । स्थानीय खोलामा बनेका लघ ुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत गाउँमा खपत भएर बढी भएपछि खेर गईरहेको छ ।

एक मेगावाटभन्दा कम क्षमताका विद्युत खरिद गर्ने प्राधिकरण्को नीति नै नभएको प्राधीकरण अधीकारी बताउछन् । कम क्षमताका विद्युत केन्द्रीय लाइनमा कनेक्सन गर्न प्रसारण् लाइनका लागि बढी खर्च लाग्ने भएकाले आलम्पू गाविसमा ३ वटा लघुजलविद्युत आयोजनाबाट उत्पितद विद्युत गाउमै खपत भएको छ । गाउँको पूरै घरमा विद्युतीकरण्ँ गरेर छिमेकी गाविस चिलंखाका केही घरमा समेत विद्युतीकरण् भएको छ । नगर घट्टेखोला आयोजनाको ४० किलोवाट विद्युत उत्पादन हुन थालेपछि आलम्पूका सबै घरमा विद्युतीकरण् भएको हो । त्यसको विद्युत आलम्पूबाट चिलंखाको स्याँखुसम्म पुर्‍याइएको छ, तर आधा विद्युत खेर गएको छ । सो आयोजनाबाट आलम्पूका वडा नं. १ देखि ७ सम्मका ३ सय ८५ घरमा विद्युत पुगेको स्थानीय इन्द्रबहादुर थामीले बताए ।
त्यसैगरी लामीडाँडा र लापिलाङको बीचमा रहेको च्यानेगुमु खोलामा निर्माण् भएको ७६ किलोवाट विद्युत्मध्ये ३० किलोवाट पनि खपत भएको छैन । त्यसको दुईतिहाइ विद्युत खेर गएको छ । गुमुखोलामा मात्र ५ वटा लघुजलविद्युत आयोजना निर्माण् भएर लापिलाङ र लामिडाँडाका घरहर झिलीमिली भएका छन् । ती आयोजनाबाट निकालिएको विद्युत बाट कुटानी पिसानी मिल र टेलिभिजन हेर्न रेडियो सुन्न र कम्प्यटुर चलाउनसमेत सहज भएको स्थानीय हरी खड्काले बत्ताए । लघु जलविद्युत आयोजना निर्माण्का लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रतिकिलोबाट १ लाख २५ हजार अनुदान दिन्छ । बाँकी रकम स्थानीय लगानी, श्रमदान र स्थानीय निकायबाट लगानी भएका छन् ।
अनुदान र ऋण्बाट आयोजना पूरा गरेर बत्ती त बालियो, झ्याँकुका शिक्षक लावाङ तमाङले भने,,आयोजना बनाउँदा लागेको ऋण् छँदैछ, मर्मत गर्दासमेत उल्टो ऋण् लागेको छ ।,, आयोजना निर्माण्का लागि अनुदानबाहेक स्थानीय सहकारीबाट समेत ऋण् लिएका छन् । ३ महिनाअघि पावरहाउस मर्मतका लागि ४ लाख ऋण् लागेको उनले बताए । प्रतिघर ६० रुपैयाँ मासिक उठाउने गरे पनि त्यसले केही नहुने भएपछि स्थानीय निकाय र राजनीतिक दलको ढोका ढकढक्याउन थालेको उनले बताए । आयोजना बनाउँदा लागेको ऋण् उस्तै छ ।
च्याने गुमुखोलाबाट समेत विद्युत खेर गएको स्थानीय बताउँछन् । स्थानीय व्यवस्थापन समितिको निणर्यअनुसार हरेक घरले एउटा चिमबापत १० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । तर, सबै घरले सीएफएल चिम बाल्नुपर्ने नियम बनाएको स्थानीय स्वास्थ्यकर्मी रत्न थामीले बताए । सीएफएल बाल्दा विद्युत कम खपत हुने र बढी भएर विद्युत खेर गइरहेको उनले बताए । खेर जाने विद्युतलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरे स्थानीयलाई नै फाइदा हुने उनीहरुको भनाइ छ ।
गुमुखोला भ्याकुरे लघुजलविद्युत आयोजनाका अध्यक्ष लोकराज पाठकले पनि आयोजना बनाउँदा लागेको ऋण् तिर्ने नै चिन्ता छ । धेरै आयोजनाको विद्युत खेर गएको र ऋण् पनि धेरै भएकाले आफूहरुले उत्पादन गरेको विद्युत खरिद गरिदिन नेपाल विद्युत प्राधिकरण्लगायत अन्य निकायसम्म धाएको बताए । तर विद्युत प्राधिकरण् दोलखा शाखाका प्रमुख गोपालचन्द्र खतिवडाले एक मेगावाटभन्दा कम क्षमताका विद्युत खरिद गर्ने प्राधिकरण्को नीति नै नभएको बताए । कम क्षमताका विद्युत केन्द्रीय लाइनमा कनेक्सन गर्न प्रसारण् लाइनका लागि बढी खर्च लाग्ने उनले बताए ।

प्रतिक्रिया