बर्दिया, १५ मंसिर । विश्वकप हात्तीपोलो २०१३ को विश्व विजेता स्विट्जरल्याण्डको ईएफजी भएको छ । बर्दियाको ठाकुद्धारामा शुक्रबार सम्पन्न विश्वकप हात्तीपोलो च्याम्पियन २०१३ को उपाधीका लागि भएको श्रीलंकाको सिलोन र स्विट्जरल्याण्डको ईएफजी बीचको फाइनल खेलमा ईएफजीले सिलोनलाई २ गोल अन्तरले हराउादै विश्वकप विजेता बनेको हो ।
यस अघि सन् २०११ मा पनि इएफजीले विश्वकपको उपाधी जितेको थियो । विश्वकप हात्तीपोलो प्रतियोगिता १० मंसिर देखि बर्दियाको ठाकुरद्धारामा सुरु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जसागै जोडिएको पर्यटकिय क्षेत्र ठाकुरद्धारास्थित कर्णाली लज एवं टाइगर टप्स होटलले हात्तीपोलोको आयोजना गरेको हो ।
विश्वकप हात्तीपोलोमा नेपाल, स्वीजरलैण्ड, क्यानडा, बेलायतलगायत ८ देशका टिमको सहभागीता रहेको थियो । विश्व हात्तीपोलो संघ (वीपा)का संस्थापक अध्यक्ष तथा टाइगर टप्स होटेलका तत्कालीन संचालक एभी जीम एडवाडसले सन् १९८२ मा यो खेल नेपालबाटै सुरुवात गरेका हुन् ।
प्रतिक्रिया