नेफ्टा अवार्ड पहिलोपटक मलेसियामा हुँदै

neftaकाठमाडौ : ‘छैटौ नेफ्टा अवार्ड २०१३’ कात्तिक २३ गते मलेसियामा हुने भनिएपनि केही महिना पर सरेको आयोजकले बताएको छ । अब नयाँ तालिका अनुसार नेफ्टा अवार्ड पौष १० गते (डिसेम्बर २५)मा आयोजना हुनेछ ।
‘छैटौ नेफ्टा अवार्ड २०१३’का लागि आयोजकले राम्रो किसिमले प्रवन्ध मिलाईरहेको बताईएको छ । नेफ्टा अवार्डको लागि करिब २५ दिनको तालिका छुट्टाइएको छ । डिसेम्बर १ देखि नेपालका सबैजसो संचारमाध्यममा मिडिया क्याम्पिएन गरिने आयोजकले जनाएको छ । डिसेम्बरको दोश्ररो साता मलेसियामा केही चचिर्त नेपाली कलाकारको साथमा पत्रकार सम्मेलनको आयोजना गरिनेछ । जसले मलेसियामा पनि यो अवार्डको माहोल बनाउन मद्धत गर्ने आयोजकको विश्वास रहेको छ ।
अवार्डमा सहभागी हुनको लागि १ सय हारहारीमा कलाकार, प्राविधिक, पत्रकारको टोली डिसेम्बर २४ मा मलेसिया पुग्ने बताइएको छ । २५ डिसेम्बरमा बिहान ११ बजेबाट अवार्ड सुरु हुने आयोजकले जानकारी दिएको छ । अवार्ड कार्यक्रम ‘सेतिया सिटी कन्भेन्सन सेन्टर’मा हुनेछ । २६ तारिखमा कलाकारको टोलीले मलेसियाका विभिन्न स्थानको अवलोकन गर्नेछ । २७ तारिखमा सम्पूर्ण टोली नेपाल र्फकने चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताएका छन् । मलेसियामा व्यवसाय गर्दै आएका सुवास गिरीको पहलमा यसपटक यो अवार्ड मलेसियामा हुन लागेको पनि आयोजकले बताएको छ । (सौस)

प्रतिक्रिया