दाहाल दिल्लीमा

Puspakamal-Dahal-n-Natiकाठमाडौं, १३ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतको नयाँ दिल्ली पुगेका छन् ।

एमाओवादी अध्यक्ष दाहाल पत्नी सीताका साथ बिहीबार बिहान नयाँ दिल्ली प्रस्थान गरेका हुन् । दाहालपुत्र प्रकाश भने बुधबारै नयां दिल्ली गएका थिए । नयाँ दिल्ली जानुअघि अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै दाहालले आफ्नो भमण नितान्त व्यक्तिगत हुने बताए ।
नयाँ दिल्लीमा उपचाररत जेठी छोरी ज्ञानु दाहाल केसीलाई भेट्न उनी त्यता गएका हुन् । त्यहा रहँदा उनले राजनीनिक भेट गर्ने कुनै कार्यक्रम नरहेको बताइए पनि स्रोतले भने अनौपचारिक रुपमा दाहालले केही भारतीय नेतासँग भेट गर्ने दाबी गरेको छ । दोस्रो संविधानसभा चुनावको परिणामप्रति असन्तुष्टि जनाउदै संविधानसभामा जान सर्त अघि सारेको बेला भएको दाहालको दिल्ली भ्रमणलाई राजनीतिक वृत्तमा भने महत्वका साथ हेरिएको छ ।
दाहालको निजी सचिवालयले पनि दिल्ली यात्रा राजनीतिक नभएको र कोहीसँग पनि भेटघाटको कार्यक्रम नरहेको जनाएको छ ।
दाहालपुत्री ज्ञानुको लामो समयदेखि क्यान्सर रोगको उपचार हुदै आएको छ । क्यान्सर झन् फैलिपछि उनको उपचार भारतको फोक्टिक्स अस्पताल नोयडामा केही सातादेखि हुंदै आएकाले दाहाल उक्त अस्पतालमा गएको दाहालको सचिवालय सदस्य चुडामणि खड्काले सौयसँग बताए । दाहाल आजै स्वदेश फर्कने सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया