राजेश भोजपुरी चलचित्रमा

Rajesh-hamalकाठमाडौ : महाअभिनेता राजेश हमाल एक भोजपुरी सिनेमामा अनुबन्धित भएका छन् । ‘साँवरी’ नामक चलचित्रलाई इन्डो नेपाल फिल्म हाउसले निर्माण गर्दैछ ।
केही महिनाअघि मुम्बई पुगेका हमालले त्यही उक्त कम्पनीसँग सम्झौता गरेको खबर सार्वजनिक भएको छ । शम्भु सोनीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘साँवरी’मा मिस नेपाल इशानी श्रेष्ठले अभिनय गर्ने बुझिएको छ तर यसबारे पुष्टि भने भैसकेको छैन । नेपाली र भोजपुरी दुबै भाषामा चलचित्र बन्ने जानकारी निर्माण कम्पनीले दिएको छ । (सौस)

प्रतिक्रिया