सहमतिमै नयाँ संविधान बनाउँछौं : कोइराला

Sushil-Koiralaकाठमाडौं, १२ मंसिर । कांग्रेस सभापति सुशील कोइराल र नेपालकालागि बेलायती राजदूत एनडी स्पार्कबीच भेटबार्ता भएको छ ।

सभापति कोइराला निवास महाराजगञ्जमा आज (बुधबार) विहान भएको भेटवार्तामा संविधानसभा चुनाव र संविधान लेखनका विषयमा छलफल भएको हो ।

राजदूत स्पार्कले नयाँ संविधान निर्माणमा संविधानसभा बाहिर रहेका दल र विपक्षीदललाई राम्रोसँग समेट्न आग्रह गरे ।

‘कांग्रेस सहमतिका साथ अघि बढ्ने छ,’ सभापति कोइरालाले भने, ‘एकवर्ष भित्रमै संविधान जारी गर्ने छौं ।’ उनले नयाँ संविधान बनाउने बेला सबैलाई दललाई समेट्ने आश्वासन राजदूतलाई दिएको कांग्रेस नेता रामशरण महतले जानकारी दिए ।

संविधान निर्माणलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रको उल्लेख्य सहयोग पाउनेमा कांग्रेस आशावादी रहेको उनले बताए ।

सबैसँग सहमति, सहकार्य र एकता गरेर अगाडि बढ्ने बताएका कोइरालाले भने, ‘सहमति कायम गर्न प्रयास गरिने छ । सहमति नबने बहुमतीय रुपमै भएपनि निकास निकाल्ने छौं ।’

प्रतिक्रिया