काठमाडौ, १२ मंसिर । मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’का लेखक अमर न्यौपानेले आफ्नो पुस्तकमाथि चलचित्र निर्माण गर्न चाहनेलाई अनुमति दिने बताएका छन् । कृतिका मुख्य तीनमध्येका एक पात्रमाथि चलचित्र बनाउन सकिने आख्यानकार न्यौपानेले बताए ।
एक टेलिभिजनसँगको अन्तरवार्तामा आख्यानकार न्यौपानेले भनेका छन्, ‘कृति लामो छ त्यसैले एउटै चलचित्रमा सबै कुरा समेट्न सकिदैन । कुनै एक पात्रको कथालाई चलचित्रमा लिए चलचित्रका लागि न्याय हुने थियो ।’ आख्यानकार न्यौपानेले कृति भित्रका मुख्य तीन पात्रहरू तारा, यमुना र पवित्राको फरक कथामा फिल्म बनाउन सकिने पनि बताएका छन् । केही निर्देशक र कलाकारसँग यसबारेका कुराकानी भइरहेको जनाउदै उनले सेतो धरतीलाई एकैपटक एउटै सिनेमामा समेट्न असम्भव रहेको बताएका छन् ।
मदन पुरस्कार विजेता न्यौपानेले ‘सेतो धरती’का केही अंशहरूलाई सम्पादन गरेर चलचित्र बनाउन खोजियो भने त्यसले कुनै अर्थ नराख्ने तथा कृतीको भाव मर्न सक्ने भन्दै एउटै चलचित्रमा सबै समेट्ने कुरालाई घुमाउरो शैलीमा अस्विकार गरेका छन् । उनका अनुसार धेरै चलचित्रकर्मीहरूले सेतो धर्ती पढें भनेर प्रतिक्रिया दिएको बताएका छन् । नेपालि चलचित्रको कुराकानीको क्रममा आख्यानकार न्यौपानेले अभिनेता जीवन लुइँटेल नेपाली अभिनेताहरूमा निकै मन परेको बताए । पछिल्लो समयमा अभिनेता लुईटेलकै चलचित्र रिदम हेरेको पनि खुलासा गरे ।
प्रतिक्रिया