ज्ञानोदयलाई सफलता

काठमाडौ, १२ मंसिर । आयोजक ज्ञानोदय इन्टरनेसनल रेसिडेन्सियल इन्टरनेसनल स्कुल (जिआईआरएस) ले २० औं आयसर–ज्ञान कार्निभलको गल्र्स बास्केटबलमा जित हात पारेको छ ।

बुङमतिस्थित घरेलु कोर्टमा ज्ञानोदयले श्रीदिवालाई ४६–१४ ले सजिलै पराजित गर्‍यो । विजेताकी गौतमी भट्टचनले २१ अंक जोडिन् ।
डिफेन्डिङ च्याम्पियन ज्ञानोदयले सबै क्वाटरमा अग्रता लियो । ज्ञानोदयले पहिलोमा १३–३, दोश्रोमा १३–४, तेश्रोमा १३–५ र चौथोमा ७–२ अंक जोड्यो ।
ब्वाइजतर्फ इनोभेटिभ, भीएस निकेतन र पुष्पसदनले जित निकाले ।
इनोभेटिभले हिम्सलाई ७७–५१ ले पन्छायो । पहिलो क्वाटरमा १७–११ को अग्रता बनाएको इनोभेटिभले दोश्रोमा ३६–८ स्कोर गर्दै जितको बलियो आधार खडा गर्‍यो । हिम्सले तेश्रोमा १५–१४ र चौथोमा १७–१० को अग्रता बनाएपनि जित हात पार्न सकेन ।
भीएस निकेतनले ज्ञानोदय बालवाटिका उमाविलाई ४४–२३ ले हरायो । विजयी टिमका लागि उमेश तामाङले १५ स्कोर गरे ।
अन्तिमसम्म अग्रतालाई कायम राखेको भीएस निकेतनले पहिलोमा ११–५, दोश्रोमा ९–२, तेश्रोमा १४–८ र चौथोमा १०–८ को प्रदर्शन गर्‍यो ।
पुष्पसदनले श्रीदिवालाई ५४–४१ ले पछि पार्‍यो । राम्रो सुरुआत गरेको श्रीदिवाले पहिलोमा १६–४ को अग्रता लियो । दोश्रो र तेश्रोमा भने श्रीदिवा ८–२६ र ५–२० को फराकिलो अन्तरले पछि पर्दै हारको सामना गर्नु पर्‍यो । चौथो क्वाटर १२–४ ले आफ्नो पक्षमा पारेपनि श्रीदिवाले हार टार्न सकेन ।

प्रतिक्रिया