कांग्रेस पौने लाख मतले अगाडि

Tree-Ncकाठमाडौ, १२ मंसिर । दोस्रो संविधानसभा चुनावको समानुपातिकतर्फ कांग्रेसले पौने लाख मतले अग्रता लिएको छ । प्रत्यक्षतर्फ १०५ सिट ल्याएर पहिलो बनेको कांग्रेसले एमालेलाई पछि पार्दै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको हो ।

निर्वाचन आयोगका अनुसार मंगलबार बेलुका यो समाचार तयार पार्दासम्मको मतगणनामा कांग्रेस पहिलो, एमाले दोस्रो र एमाओवादी तेस्रो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चौथो स्थानमा छ । कांग्रेसको १६ लाख ६२ हजार ८ सय १७, एमालेको १५ लाख ८८ हजार १ सय १९ र एमाओवादीको ९ लाख ७८ हजार ३ सय २४ मत छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ४ लाख २३ हजार ९ सय ८१, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले १ लाख ८८ हजार १ सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८१ हजार ९ सय ३९, मधेसी जनअधिकार फोरम, नेपालले १ लाख ४१ हजार १ सय २१, तराई–मधेस लोकतान्त्रिक पार्टीले ८९ हजार २ सय ३९, नेकपा (माले)ले ८८ हजार ७ सय २९, संघीय समाजवादी पार्टी, नेपाल ८७ हजार ७ सय ४६ सद्भावना पार्टी ६६ हजार ३७, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले ६३ हजार २ सय ५८, राष्ट्रिय जनमोर्चा ५९ हजार १ र नेपाल मजदुर किसान पार्टीले ५४ हजार ६ सय ६७ मत प्राप्त गरेका छन् ।
२० हजारभन्दा बढी मत ल्याउने दलको संख्या २४ पुगेको आयोगले जनाएको छ । समानुपातिकतर्फ १२२ दलका १० हजार ७ सय ९ उम्मेदवार बन्दसूचीमा छन् । यसमध्ये ३३५ जना निर्वाचित भएर संविधानसभा जानेछन् ।

प्रतिक्रिया