‘सहमतिका लागि पहल सुरु भई सकेको छ’

Sushil-Koiralaकाठमाडौं, ११ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर नयाँ संविधान लेखन कार्य अघि बढाउने बताएका छन् ।

महाराजगञ्जस्थित आफ्नै निवासमा आज (मंगलबार) नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेसँगको भेटवार्तामा कोइरालाले सहमतिबाटै अगाडि बढ्ने दोहर्‍याए । भेटमा चुनाव पछिको परिस्थिति बारे छलफल भएको थियो ।

‘कांग्रेसले सबै दललाई सहमतिमा लिएर अघि बढ्ने पक्षमा छ,’ उनले भने, ‘सहमतिका लागि छलफल सुरु भइसकेको छ ।’

राजदूत बोडेले राजनीतिक स्थायित्व कायम गरी छिटोभन्दा छिटो संविधान लेखन कार्यमा अग्रसर हुन सुझाव दिएको कांग्रेसले जनाएको छ । बोडेले सबै राजनीतिक दलाई विश्वासमा लिएर काम गर्न सल्लाह पनि दिए ।

प्रतिक्रिया