सिक्किममा ‘अनमोल क्षण’को अडियो सार्वजनिक

Aulbam-Sikkimसिक्किम, १० मंसिर । सिक्किम : चलचित्र ‘अनमोल क्षण’को अडियो सार्वजनिक गरिएको छ । भारतको सिक्किममा एक समारोहका विच केहि दिन अगाडि चलचित्रको अडियो सार्वजनिक गरिएको छ ।

फरक तीन स्थानबाट आएका फरक ३ युवाहरुको प्रेमकथालाई मुख्य कथामा समेटिएको चलचित्र ‘अनमोल क्षण’ लाई अनमोल गुरङले निर्देशन गरेका हुन् । स्नेहा राई, शलोम काबु, अनुरप राई, तिमोथी राई, निता प्रधान, सन्ध्या सुन्दास, सुरज क्षेत्री, अबिगेल रसाईली, स्मृति राई लगायतले अभिनय गरेको यस चलचित्रका निर्माता किशोर दुङमाली राई हुन् । भारतिय मुलका नेपाली भाषीहरुकै बाहुल्यता रहेको यो चलचित्रमा निर्देशक गुरङकै लेखन तथा संगीत रहेको छ । चलचित्रको छायाँकन तथा सम्पादन पुनु लक्जोमले गरेका छन् । सिक्किम, कलिङपोङ र कलकत्तामा चलचित्रको सुटिङ गरिएको थियो ।

प्रतिक्रिया