काठमाडौं, १० मंसिर । समूह चरणको अन्तिम खेलमा अफगानिस्तान जित हात पार्दै ट्वान्टी–ट्वान्टी विश्वकपमा स्थान पक्का गरेको छ । अफगानिस्तान ट्वान्टी–ट्वान्टी विश्वकपमा छनोट भएको यो लगातार दोस्रो पटक हो । अर्काे समूहमा दोस्रो स्थानको हङकङलाई ८५ रनले पारजित गर्दै आयरल्यान्डले पनि विश्वकपमा स्थान पक्का गरको छ । अन्तिम खेलमा अफगानिस्तानले जित हात परेपछि नेपालले समूह ‘बी’ मा तेस्रो स्थान हात पार्न समेत सफल भएको छ ।
तेस्रो स्थानसागै अर्काे वर्ष बंगलादेशका हुने ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा स्थान पक्का गर्न नेपालले पहिलो प्ले अफमा समूहर् बी’ को दोस्रो स्थान हात पारेको टिम हङकङलाई पराजित गरे पुग्छ । हार ब्यहोरेपनि नेपालले दोस्रो प्ले अफमा जित हात पार्न सकेपनि विश्वकपमा छनोट हुनेछ । दोस्रो प्ले अफमा समूह ‘ए’ को चौथो हुने टिम नामिबिया र समूह ‘बी’ पााचौ हुने टिम पपुवा न्युगिनीबीच हुनेछ । हङकङसाग हार ब्यहोरे नेपालले नामिबिया र पपुवा न्युगिनीबीचको विजेतासाग प्रतिस्पर्धा गर्नेछ छ । जित हात पारे विश्वकपमा छनोट हुनेछ । तर दोस्रो प्ले अफमा हार ब्यहोरे विश्वकपमा छनोट हुने नेपालको सपना चकनाचुर हुनेछ ।
संयुक्त अबर इमिरेट्समा संचालन भैरहेको विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा अफगानिस्तानले केन्यालाई ३४ रनले हराएपछि नेपालले तेस्रो स्थान पक्का गरेको हो । केन्याले राम्रो रनरेटमा जित हात पार्न सकेको भए नेपाल चौथो हुने थियो । अफगानिस्तानले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको केन्या ८ बल खेल्न बााकी छदा १ सय १४ रनमा आउट भएको थियो । हारसागै छैटो स्थानमा सिमित बनेपछि केन्याको विश्वकपमा छनोट हुने सपना चकनाचुर भएको छ । अन्तिम खेलमा बर्म‘डालाई २५ रनले हराउादै पपुवा न्युगिनीले पााचौ स्थान हात पार्दै प्ले अफमा छनोट भएको छ । अफगानिस्तान छनोट भएसागै दोस्रो स्थानको नेदरल्यान्ड्सले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नु पर्ने भएको छ ।
त्यसअघि भएको अर्काे खेलमा डेनमार्कलाई पराजित गरेपनि स्कटल्यान्डलेसमान ८ अंक जोडेपनि नेट रनरेटमा नेपालसाग पछि पार्यो । नेपालले एकदिवसीय मान्यता प्राप्त स्कटल्यान्डलाई ०.०००३९ रेटले पछि पार्दै तेस्रो स्थान कब्जा गरेको हो । स्टकल्यान्डले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको डेनमार्कले १ सय ३० रन जोडेपछि नेपाललाई रनरेटको फाइदा पुगेको हो । डेनमार्कले १ रन कम जोडेको भएपनि स्कटल्यान्डले नेपाललाई नेट रनरेटपछि पार्दै तेस्रो स्थान कब्जा गर्ने थियो ।
प्रतिक्रिया