हजारौंको माला बिक्री

hajari-fulगौशाला, ९ मंसिर । संविधानसभा निर्वाचनको मतगणना परिणामसँगै महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिबार हजारौं रुपिँयाको फूलको माला बिक्री भएको छ ।

एमाओवादीको एक, एमालेको एक र शनिबार बिहान एमालेको एक र काँग्रेसको एक गरी चार जना उम्मेदवारले चुनाव जितेपछि जलेश्वरमा हजारां रुपिँयाको माला बिक्री भएको स्थानीय मालीहरूले बताएका छन् । मतगणना परिणामपछि उम्मेदवारका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूले सयपत्रीका ठूला साना फक्रेका फूलले उनीएका माला लगाउंदै उम्मेदवारहरूलाई बधाई दिएका छन् ।
मतगणना परिणामपछि जलेश्वर–५ मा भरतपुर–३ बाट सात सय सयपत्रीका माला लिएर आएका रामस्नेही भण्डारी (माली) ले सबै माला हेर्दाहेर्दै बिक्री भएको बताए । उनले प्रत्येक विजेता उम्मेदवारका समर्थक, कार्यकर्ता तथा शुभचिन्तकहरूले एउटादेखि चार वटासम्म माला किनेको बताए । जलेश्वरमा उनले एउटा मालाको ४० देखि ६० रुपिँया सम्म पाएको बताउँदै आफूले २० हजारभन्दा बढीको माला बेचेको बताए । त्यस्तै जलेश्वर–१ का सत्तो मालीले आफूले दुई सय माला प्रतिमाला २० देखि ५० रुपिँया सम्ममा बेचेर सात हजारभन्दा बढी कमाएको बताए । त्यस्तै जितेका उम्मेदवारहरूले सबैभन्दा पहिले जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथको मन्दिरमा दर्शन गर्न जाँदा त्यहाका मालीले पनि हजारौं रुपिँयाको माला बिक्री भएको बताएका छन् ।
मन्दिर अगाडि माला बेच्ने कन्तु मालीले आफूले एक सय ५० वटा माला प्रतिमाला ४० रुपिँया को दरले बेचेको बताए । त्यस्तै सोही ठाउाका अर्का माली रामदेव भण्डारीले आफूले तिन सय माला बेचेर करिब १० हजार कमाएको बताए । त्यसबाहेक मतगणना भइरहेका ठाउँमा दर्जनाौ मालीले ५० देखि एक सय सम्म माला बेचेका छन् ।
जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव कृपाशङ्कर साहले जलेश्वरमा ६०/७० हजारभन्दा बढीको माला बिक्री भएको बताए । जिल्लामा चार वटा निर्वाचन क्षेत्रको परिणाम आउँदा हजारांैको माला बिक्री भइसकेको छ भने अरू दुई वटा क्षेत्रको परिणाम आउन बाँकी नै रहेकाले अझै हजारौको माला बिक्री हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया