देशकै सबैभन्दा ठूलो जिल्ला डोल्पा, सबैभन्दा विकट जिल्ला कालीकोट, सबैभन्दा कम औसत आयु भएको जिल्ला हुम्ला र सबैभन्दा कम प्रौढ साक्षरता भएको जिल्ला मुगु । आर्यहरूको भाषाको उदगम स्थल जुम्लाको सिजा । यो मात्रै होइन, कर्णालीको परिचय शिक्षा स्वास्थ, यातायात, सञ्चारजस्ता विकासका पूर्वाधारको पर्याप्त विकास नभए पनि नेपालको सबैभन्दा ठूलो अञ्चल हो कर्णाली । प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका हिसाबले भने यो अञ्चल धनी मानिन्छ । एकातिर नेपालको सबैभन्दा ठूलो ताल रारा छ, जहा नांगो आखाले पनि माछाको चलखेल देखिन्छ । अर्कोतर्फ सबैभन्दा गहिरो से फोक्सुन्डो ताल र तिब्बतमा रहेको मानसरोवर जाने मार्ग अर्थात हुम्ला जिल्लाको सिमाना ताक्लाकोट पनि कर्णालीकै सेरोफेरोमा छ ।
२००७ सालमा देशमा प्रजातन्त्र आएको भए पनि त्यसको जानकारी कर्णाली बासीले एक बर्षपछि अर्थात २००८ मा मात्रै पाएको भनाइ छ । वरिपरि हिमाल, वीचमा उपत्यका जस्तो समथर जमीनमा गुजुमुजुक्क परेका घरको वीचमा चन्दनाथ मन्दिर । अनि मन्दिर नजिकै बगिरहेको तीला नदी । यही हो जुम्ला जिल्लाको भौगोलिक सुन्दरता । जुम्लालाई मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुण्डो ताल र तिब्बतमा रहेको मानसरोवर जाने प्रमुख मार्गसमेत मानिन्छ । जुम्लाको समस्या २–४ दिन जुम्ला घुम्दैमा बुझन सकिन्न । आखाँले हेर्दा जती सुन्दर जुम्ला मानिन्छ त्यसको भित्री वेदना छुट्टै रहेको छ । जुन कुरा राज्यले अहिले सम्म बुझिदिन सकेको छैन । यस्तो पनि समय थियो † त्यो बेला न सूचना प्रविधिको विकास भएको थियो न त यातायातको सुविधा नैं । अहिले सूचनाको पहुच दुर्गम गाउसम्म पुगेको छ अधिकांश गाउ विकास समितिलाई कच्ची भएपनि सडक सञ्जालले छोएको छ । तर जुम्ला जिल्लाको विकास भने उस्तै छ भन्दा पनि हुन्छ ।
११ वटा गाविसको सिंजा उपत्यकाको नक्सामा खस संस्कृतीको उदगमस्थान हो सिजा । ११ देखि १४ औं शताब्दी सम्म सिंजा उपत्यककालाई खस राज्यको नामले चिनिने ऐतिहासिक धरोहर हो सिजा । यो क्षेत्र नेपाली खस भाषाको उद्गम स्थल पनि हो । पौराणिक कथा अनुसार यो भूमि देव भूमि मानिन्छ । कर्णाली क्षेत्र पौराणिक रूपले अत्यन्तै महत्व राख्ने क्षेत्रको रूपमा हामी पाउछौं । सिञ्जा उपत्यकामा पर्ने विराट दरबार र पाण्डव गुफा पौराणिक प्रमाण हुन । यहा तपाइले देउडा चाची ठाडीभाका झोडा मागल ढोली नाच ढाल नाच हुर्केनाच बालनाच जस्ता ऐतिहासक सस्कृतीले जुम्लाको पहिचान गराएको छ । सिजाका मानिसहरू अति मेहनती हुन्छन । जुम्ला जिल्लाका सिजाका मानिस ब्यापारको सिलसिला नेपालका धेरै जिल्लाहरूमा घुमन्ते ब्यापारीको रूपमा ब्यापार गर्दछन । हिङ् देखि सिलाजित र सियो देखि राडी पाखी, लिउ, गलैचाको ब्यापारीको रूपमा जुम्लीहरू लाई बाहिरी जिल्लाका मानिसहरले चिन्ने गर्दछन । जुम्लाका मानिसहरू पैदल हिडने दैलेख–सुर्खेतको मार्गनै प्रमुख मानिन्छ । तर पनि घोडा ब्यापारको लागी दाङ् आउने जुम्लीहरू जुम्ला उपत्यकाको दक्षिण पट्टीको कुशेलेखको बाटो हुदै जाजरकोटको ढिमे, रुकुमको चौरजहारी र सल्यानको जिमाली लेखको बाटो हुदै दाङ् आउने प्रचलन थियो ।
जुम्ला जिल्लाको नामाकरण पौराणिक घटना संग जोडिएको छ । सदरमुकाम खलगांमा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई टोक्न दुईवटा अजिंगर नाग आएछन । नागले मूर्ती नजिक आउन नपाउदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नागलाई भष्म गराइ दिनु भएछ । यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिए छन । जुम्ल्याहा शब्दको अपभ्रंश हुदै ठाउको नाम पनि जुम्ला भएछ । पछि जिल्लाको नाम राख्नेबेला त्यसैलाई आधार मानी जुम्ला रहन गएको हो भन्ने जनविश्वास रहेको छ । भौगोलिक रूपमा दुर्गम र विकट भएतापनि नेपालको इतिहासमा जुम्ला जिल्लाको महत्वपूर्ण पहिचान रहेको छ । नेपाल अधिराज्यको एकीकरण हुनु पूर्व वाइसे राज्यहरूको मुख्य केन्द्रको रूपमा रहेको जुम्ला नेपाली भाषा र संस्कृतिको उद्गम स्थल पनि मानिन्छ । मध्यकालीन युगमा जुम्ला एक सम्बृद्ध एवं शक्तिशाली राज्यको रूपमा रहेको तथ्य इतिहासबाट थाहा हुन्छ । यस जिल्लाको सदरमुकाम रहेको खलंगामा सबैभन्दा पहिला प्राचीनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुई जना ब्रह्मचारीले बस्ती बसाई कृर्षि र शिक्षाको प्रचारप्रसार गरेका थिए भन्ने इतिहास जुम्लामा रहेको छ
कर्णाली अञ्चलको दक्षिण भुभागमा अवस्थित जुम्ला जिल्लाको भू–गोल अग्ला हिमशिखरहरू, पाटन र पहाडले घेरिएको छ । हिमाली हावापानीमा पाइने बनष्पतीको जंगल हिमताल, नदि र खोलाहरूको संगम भू–वनोटले जुम्लालाई सौन्दर्यता दिलाएको छ । नदी किनारमा रहेका उर्वर खेतीयोग्य वेशिहरूले जुम्लाबासीहरू लाई खाद्यान्न दिलाएको छ । जुम्ला जिल्ला पुर्वमा डोल्पा, दक्षिणमा जाजरकोट, पश्चिममा कालिकोट र उत्तरमा मुगु जिल्ला सगको सिमान भित्र रहेको छ । समुन्द्र सतहबाट ७००० फिट देखि २१०७७ फिट सम्मको उचाइमा फैलिएको जुम्ला कर्णाली अन्चलको केन्द्रबिन्दु मानिन्छ । सदरमुकाम खलगा बजार समुद्र सतह देखि ७६०० फिटको उचाईमा पर्नेहुदा यहा सदावहार चिसो तापक्रक रहन्छ । कुल क्षेत्रफल २५३१ वर्ग किलोमिटरमा फैलिएको जुम्ला जिल्ला ऐतिहासिक स्थल मानिन्छ । जुम्ला जिल्लामा ३० वटा गाविसहरू रहेका छन । जवा नदी र तिलानदीको किनारमा ग्रामीण बस्तीहरू रहेका छन । सदरमुकाम खलगामा नगरपालिका रहेको छ भने हिमा नदीको किनार सिंजाक्षेत्रमा ११ गाविसहरू रहेको छ । जुम्लामा तीनवटा ठूला नदीहरूको सहायक खोलाहरू दर्जनौ छन । हिमा नदीको किनारको सिंजा उपत्यका र खोला किनारमा रहेको साना ठूला फाट वेशीहरू उर्बर खेतीयोग्य जमिन मानिन्छ । जुम्लामा कान्जिरोवा हिमाल, पातारासी हिमाल, वाक्की हिमाल, पंन्च देवल, तातोपानी, पाण्डुपगुफा, बिराज दरबार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर र कनकासुन्दरी मन्दिरहरू ऐतिहासिक सम्पदा हुन । जुम्ला प्राकृतिक सौन्र्दयता, जडीबुटीका साथै कला र संस्कृतिले निकै धनी छ ।
प्राकृतिक सम्पदाको दृष्टिकोणले जुम्लालाई सम्पन्न जिल्ला मान्न सकिन्छ । भौगोलिक वनावट एवं जलवायुको विविधताले गर्दा यहा हिमश्रृखलामा हुने विभिन्न किसिमका वनस्पति र जडीबुटीहरू पाइन्छन । यहाको उच्च लेकाली भूभागहरूमा १२ हजार फिटभन्दामाथि ज्यादै हिमपात हुने र तापक्रम अत्यन्त कम हुने भएकाले अग्ला वनष्पतीहरू हुर्कन सक्दैन । यस भूभागमा झाडी र बुट्यान मात्र हुन्छन । यस्ता भूभागमा बर्षको एक पटक फुल्ने रंगीविरंगी फूलहरू मात्र देखिन्छन । यसरी फुल्ने फुलहरूमा धेरै जडिवुटीहरको फुलहर पनि हुने गर्दछ । जुम्लाको प्रख्यात जडिवुटीमा पाच औंले, भत्ल, जटामसी, कुट्की, पदमचाल, हात्तीजडा, सुन्धवाल, सिलाजित, गुच्ची च्याउ, निरमसी, अत्तिस, केशहर, बोडो मच्चो, कटुको, रामुयो, तितो, गुन्नाइनो, चिताइरो र यार्सागुम्बा, जीवनबुटी जस्ता दुर्लभ मानिने जडिवुटी मुख्य छन । प्राकृतकि रूपले उभ्रने जडिवुटीले जुम्लााबासी लाई आय–आर्जन बन्ने गरेको छ । प्रत्येक बर्ष जुम्लाका मानिसहरू द्धारा लाखौंको जडिवुटी बिक्रिहुदै आएको छ ।
प्रतिक्रिया