चितवन, ८ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले मतगणनाको पुनरावलोकन सम्भव नभएको बताएका छन् ।
चितवन–४ मा आज (शनिबार) प्रमाणपत्र बुझेपछि सभापति कोइरालाले एमाओवादीले आफ्नो निर्णय पुनरावलोकन गर्नु जरुरी रहेको बताएका हुन् ।
‘स्वदेशी र विदेशी समुदाय शान्तिपूर्ण निर्वाचन सम्पन्न भएका कारण नयाँ संविधान बन्नेमा निकै आशावादी छ,’ उनले भने, ‘सबैको आशालाई एमाओवादीले निराशामा बदल्न सक्दैन ।’
उनले सबै दललाई समेटेर लोकतान्त्रिक संविधान बनाउन कांग्रेस प्रतिबद्ध रहेको बताए । कोइरालाले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई पनि समेट्ने बताए । त्यसका लागि कांग्रेसले पहल थाल्ने उनले बताए ।
प्रतिक्रिया