पोखरामा साढे ६ हजार उद्योग दर्ता

पोखरा : गत आर्थिक वर्ष २०७० को असार मसान्तसम्म जिल्लामा ६ हजार चार सय ३० वटा उद्योग दर्ता भएका छ । कार्यालयले ०६९/७० मा मात्रै छ सय ४२ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषि तथा वन, पर्यटन र सेवामूलक बढी छन् । ती उद्योग दर्ता तथा नवीकरण गर्दा कार्यालयले एक वर्षमै ८८ लाख ८७ हजार आठ सय ३ रुपिँया राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । उद्योगहरू स्थापनामा करिब १० अर्ब पूँजी खर्च भएको बताइएको छ । सञ्चालन भएका उद्योगबाट हालसम्म ४३ हजार जनाले रोजगारी पाएका छन् । कार्यालयले चालु आवमा मात्रै जिल्लाका विभिन्न गाविस र नगरपालिकाका वडामा स्वरोजगार एवम् सीपमूलक तालिम सञ्चालन गरेको छ । तालिमबाट तिन सय १४ जनाले विभिन्न तालिम प्राप्त गरेका छन् । तालिम जिल्लाका पुम्दी भुम्दी, भरतपोखरी, चापाकोट, मिजुरेडााडा, अर्मला र रूपाकोट गाविसमा सञ्चालन भएका थिए । (सौस)

प्रतिक्रिया