धाँधलीको प्रमाण भेटिए छानबिन हुने

काठमाडौं, ८ मङ्सिर । लोकतन्त्र र निर्वाचन पर्यवेक्षण (ड्यि–नेपाल) ले संविधानसभाको निर्वाचनको मतदान र मतगणनामा धाँधली भएको प्रमाण फेला परे अनुसन्धानमा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।
शुक्रवार काठमाण्डौमा आयोजित कार्यक्रममा डियु नेपालले निर्वाचन र मतगणनामा एनेकपामाओवादीले भनेजस्तो धाँधली नभएको धारणा राखेको छ । निर्वाचन पर्यवेक्षणको आफ्नो प्रारम्भिक प्रतिवेदन शुक्रवार सार्वजनिक गर्दै सो संस्थाले समग्र मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनमा हुन सक्ने अनियमिततालाई प्रभावकारी रूपमा घटाउन मद्दत पुर्‍याएको जनाउँदै धााधलीको प्रमाण फेला परेमा निर्वाचन आयोगले छानबिन गर्न सक्ने जानकारी दियो । ड्यिू नेपालका उपाध्यक्ष डा गणेश गुरुङले भने “निर्वाचनको परिणाम के आयोभन्दा पनि यसको प्रक्रिया कस्तो थियो भन्ने विषय महत्वपूर्ण हो, हाम्रा प्रतिनिधिले अहिलेसम्म धाँधली भएको प्रमाण फेला पारेका छैनन्, फेला परेमा आयोगले गर्ने छानबिनमा सहयोग पुर्‍याउँछौ ।”
संस्थाका महासचिव निर्मला शर्माले निर्वाचन समग्रमा शान्तिपूर्ण र निष्पक्ष भएको छ भन्दै आफ्नो संस्थाले स्वतन्त्र र निष्पक्षताका लागि गरिएको प्रतिबद्धताअनुसार नै पर्यवेक्षण गरेको दावी गरिन् । सो संस्थाले ६१ जिल्लाका २ सय १६ निर्वाचन क्षेत्रमा ५०० दीर्घकालीन, पाँच हजार २ सय ३९ तालिमप्राप्त पर्यवेक्षक तथा ६५ घुम्ती टोली परिचालन गरी पर्यवेक्षण गरेको जनाएको छ ।

प्रतिक्रिया