मोड्लिङमा व्यास्त प्रेम

prem-bhaकाठमाडौ : ‘सानै देखि एउटा हिरो बन्छु भन्दापनि एउटा राम्रो कलाकार बन्छु’ भन्ने चाहना बोकेर अगाडि बढिरहेका मोडल प्रेम भारती पछिल्लो समयमा मोड्लिङमा व्यास्त रहेका छन् । करिव ३ वर्ष अगाडिदेखि मोड्लिङ सुरु गरेका मोडल प्रेमले अहिले सम्म करिव एक दर्जन म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् ।
केहि वर्ष अगाडि भएको को बन्छ कलाकारमा टप १५ सम्म पुग्न सफल कलाकार प्रेमले अहिलेका चर्चित पाश्र्वगायिका रजिना रिमालको ‘मनको राजा’ नामक गितमा मोड्लिङ गरेका थिए । त्यसपछि संगितकार तथा गायक रमेश श्रेष्ठको ‘मैले माया’ बोलको गितमापनि मोड्लिङ गरेका छन् । एनटिभि प्लसबाट प्रशारण हुने ‘कुरा अर्के छ’ सिरियलमापनि प्रेम व्यास्त रहेका छन् ।
छोटो समयमा नै मोडल प्रेमले नेपालि चलचित्रमापनि काम गरिसकेका छन् । ऋषि नौपानेद्धरा निर्देशित चलचित्र ‘ब्रमा’बाट डेव्यु गरेका प्रेमले राज शाक्यको निर्देशन तथा उज्जल मानन्धरको निर्माणमा बनिरहेको चलचित्र ‘धमवति’मापनि काम गरिरहेको बताएका छन् । २–४ वटा र्‍याम्पमा समेत हिडेका प्रेमले सानो छदादेखिनै अभिनय गर्ने गरेको बताए । सानै उमेरमा सडक नाटकहरु खेलेर धेरै पुरस्कारहरु पाउने गरेको बताए । मोड्लिङ क्षेत्रलाई नै व्यावसायिक बनाउन खोजिरहेका प्रेम तन, मन दिएर कलाकारीतामा छिरेकाले आफु एकदिन सफल भएरै छाड्ने बताए ।
अभिनेता राजेश हमालको फ्यान बताउने नव अभिनेता प्रेमले अभिनेता राजेश हमाल चलचित्रमा मात्र महाअभिनेता नभएर वास्तविक जिवनमापनि हिरो नै रहेको बताए । सामाजमा केहि परिवर्तन आउने किसिमको चलचित्रहरु आफुलाई खेल्ने इच्छा रहेको बताए । चलचित्रमा जस्तोसुकै स्टन्टहरु गर्नपनि तयार रहेको बताउने प्रेमलाई जोखिमपुर्ण अभिनयहरु गर्ने चाहना रहेको बताए । (सौस)

प्रतिक्रिया