मतगणनाको कार्य रोकिँदैन: निर्वाचन आयोग

Neelkantha-Upretiकाठमाडौं, ६ मंसिर । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतगणना जारी रहने भन्दै अन्तिम नतिजा पर्खन आग्रह गरेका छन् ।

एमाओवादीले मतगणना प्रक्रिया रोक्न माग गरेलगत्तै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आज (बिहीबार) विहान कान्तिपथमा पत्रकार सम्मेलन गरेर मतगणनाको कार्य नरोकिने जनाएका हुन् ।

‘मुलुक भरि मतगणनाको कार्य जारी छ,’ उनले भने, ‘मतपरिणाम आउने क्रम पनि जारी रहेकाले अन्तिम मतपरिणाम पर्खनु होस् ।’ उनले मतपरिणामको अन्तिम मतपरिणाम आउँदासम्म धैर्य गर्न आग्रह गरे ।

उप्रेतीले मतदानको मतपरिणाम पनि स्वीकार गर्न सबैलाई आग्रह गरे । ‘निर्वाचन निष्पक्ष, धाँदली रहित भएको छ,’ उनले भने, ‘जनताले स्वस्फुर्त प्रकट गरेको मतदानलाई स्वीकार्नु पर्छ ।’

प्रतिक्रिया