मुम्बई : पछिल्लो समय बलिउडबाट लगभग टाढा रहेकी अभिनेत्री मनीषा कोइराला बलिउटको एक एउटा चलचित्रको स्पेशल सोमा देखापरेकी छिन् । भर्खरै सम्पन्न मुम्वईमा गरिएको चलचित्र ‘राम–लिला’को स्पेशल सोको अवसरमा अभिनेत्री मनीषा कोइराला उपस्थित भएकी हुन् ।
केही समयदेखि कयान्सर रोगबाट पीडित कोइरालाको स्वास्थ्यमा पहिलाभन्दा धेरै सुधार आइसकेको देखिएको छ । चलचित्र ‘राम–लिला’को निर्देशक संजय लीला भन्सालीसँग अभिनेत्री मनीषाले चलचित्र ‘खामोशी’ मा काम गरेकी छिन् ।
केही वर्ष अघि मनीषाले पैसा वसुल नामक चलचित्र पनि निर्माण गरेकी थिइन् । त्यसपछि भने बलिउडमा उनको उपस्थियत नगन्य मात्र रहेको छ । (एजेन्सी)
प्रतिक्रिया