कैलाली र अछाममा मतदान केन्द्रभित्रै बच्चाको जन्म

धनगढी, ५ मंसिर । कैलाली र अछाम जिल्लामा दुई महिलाको मतदान केन्द्रभित्रै बच्चा जन्मिएको छ । स्वास्थ्यकर्मीबिना बच्चा जन्माएकी दुईटै महिलाको र नवजातशिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

कैलालीको फूलवारी गाविस ३ स्थित आइगाउँ मतदान केन्द्रमा मतदान गर्न आएकी २४ वर्षीया बिमला जोशीले मतदान गर्दै गर्दा शिशु जन्माएकी थिइन् । पहिलोपटक बच्चा जन्माएकी जोशीको शिशु बच्चा रहेको स्थानीय रबिन्द्र रोकायाले बताए ।
त्यस्तै पहाडी जिल्ला अछामको बाब्ला गाविसको ‘ख’ मतदान केन्द्रमा मतदान गर्न गएकी सोही गाविस ६ की हिरा बिष्टले मतदान गरे लगत्तै बच्चा जन्माएकी थिइन् । बेथाले च्यापेकी बिष्टलाई आफन्तले मतदानका लागि स्टेचरमा बोकेर ल्याएका थिए । ८ बजे मतदान गरे लगत्तै बिष्टले मतदान केन्द्रभित्रै बच्चा जन्माएको स्थानीय बिरबहादुर कुँवरले बताए ।
डेढ घण्टा ढिला मतदान
धनगढी : बझाङ जिल्लास्थित पाटादेवल उच्च माध्यामिक विद्यालयको मदतान केन्ऽमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा डेढ घण्टा ढिलो गरी मतदान सुरुभएको थियो ।
क्षेत्र नंम्वर एकको पाटादेवल गाविसमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भए पछि मतदान झण्डै एकघण्टा ढिला सुरु भएको हो । सो केन्ऽमा उल्लेख्य सुरक्षाकर्मी तैनाथ गरेर मतदान सुचारु गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी उद्धवराज तिमल्सिनाले जानकारी दिए ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय सदरमुकाम डोटीबाट हेलिकप्टर मार्फत नेपाली सेना र प्रहरीको टोली पाटादेवलमा पुर्‍ययाएर मतदान सुरु गरिएको थियो । सोमबार राति दुबै पार्टीका कार्यकर्ताबीच भएको झडपमा एमालेका बिष्णु खड्का गम्भीर घाइते भएका छन् ।
पछाडीबाट खुकुरीले हानेर गम्भीर घाइते भएका खड्कालाई मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौं लगिएको प्रअिज तिमल्सिनाले बताए ।

प्रतिक्रिया