धर्मगुरु लिङ्देनबाट मतदान

Aatmanandaइलाम,  ५ मंसिर । जिल्लाको क्षेत्र नम्बर २ मा पर्ने बाझो गाविसस्थित लारुम्बामा रहेका धर्मगुरु आत्मानन्द लिङ्देनले दोस्रो संविधानसभा चुनावमा मतदान गरेका छन् ।

स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरात धर्मगुरुका रूपमा मानिएका लिङ्देनले मंगलबार बिहान ८ बजे मतदान गरेका हुन् । राजनीतिक दलका नेताहरू चुनाव प्रचारका क्रममा आशीर्वाद लिन भन्दै लिङदेनकोमा पुगेका थिए । स्थानीय उम्मेदवारहरू मात्र होइन, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरूले समेत लारुम्बा पुगी उनको आशीर्वाद लिएका थिए । यस क्षेत्रबाट एमाओवादीबाट रमेशकुमार लिङ्देन, कांग्रेसबाट भेषराज आचार्य, एमालेबाट सुवास नेम्बाङ, संघीय समाजवादीबाट विनोदकुमार नेम्बाङ लगायत चुनावी मैदानमा छन् । मतदानपछि लिङ्देनले संविधानसभा चुनावबाट मुलुकलाई समृद्ध बनाउनका लागि आफू मतदानमा सहभागी भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया