इशाश्री र अकी यु–८ सिंगल्स च्याम्पियन

Ketiकाठमाडौं, ४ मंसिर । इशाश्री शाह र अकी जुवेन राउतले प्रथम नेपाल जुनियर खुला लनटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । यु–८ सिंगल्सको गल्र्समा इशाश्री र ब्वाइजमा अकी च्याम्पियन बनेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा इशाश्रीले अजा रेग्मीमाथि १०–४, ४–१० र १०–८ को कठिन जित रच्दै प्रतियोगिताको पहिलो स्वर्ण विजेता बनिन् । समृद्धि श्रेष्ठ र जिक्रा जारया तेश्रो भए । दोश्रो स्वर्ण विजेता बन्ने क्रममा अकीले आरवसिंह हाडालाई १०–५ र १०–८ ले पराजित गरे । सत्यध्वज कार्की र कर्साङ तामाङ संयुक्त रुपमा तेश्रो बने ।
यु–१० गल्र्स सिंगल्समा सलोनी तामाङ र अभिलाषा विष्ट उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा सलोनीले आशियाना प्रसाईंलाई ८–३ तथा अभिलाषाले निमान्शा तामोरलाई ८–० ले पाखा लगाए । विभूति कार्की र विजिशा श्रेष्ठको जोडीले फुरा ९ागचचब० शेर्पा र स्वस्तिका गुरुङको जोडीलाई ६–० र ६–० तथा जुम्ल्याहा राणा दिदी–बहिनी मायांका र महिकाको जोडीले खुशी पाण्डे र करुणा गौचनको जोडीलाई ६–२ र ६–० ले हराउदै यु–१८ गल्र्स डबल्सको फाइनल यात्रा तय गरे ।
सोही स्पर्धाको ब्वाइजमा रेन्जन लामा र अन्जन थिङको जोडीले कस्तुपराज पाण्डे र विवेक श्रेष्ठको जोडीलाई ६–२ र ६–१ तथा आभाष मल्ल र सक्षम कार्कीको जोडीले अभिषेक विष्ट र गणेश कार्कीको जोडीलाई ६–१ र ६–३ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
जुनियर टेनिस खेलाडीहरुका अभिभावकको सक्रिएतामा सञ्चालित प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा संरक्षकभूषण वज्राचार्यले अभिनव आचार्यलाई ६–० र ६–०, रेन्जन लामाले प्रशान्त बस्नेतलाई ६–१ र ७–६, सत्यप इल्मिले प्रनव खनाललाई ६–४ र ६–३ तथा सम्यकभूषण वज्राचार्यले आदित सुवदीलाई ६–० र ६–० ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
यु–१४ गल्र्स सिंगल्समा विभूति कार्की र मायांका राणा फाइनलमा पुगे । विभूतिले एनी माथेमालाई ६–० र ६–३ तथा मायांकाले विजिशा श्रेष्ठलाई ६–७, ६–१ र ६–० ले हराए । दोश्रो संविधानसभाको मतदानका दिन मंगलबार कुनै खेल नहुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया