घटयो जलविद्युत् क्षेत्रको नाफा

काठमाडौं, ४ मंसिर । पछिल्लो विद्युन् बिक्रीबाट भएको आम्दानी घटेपछि सूचीकृत जलविद्युत्् कम्पनीहरूको नाफामा प्रभाव परेको छ । चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकासित गरेका तीन जलविद्युत्् कम्पनीको नाफा घटेर ३४ करोड ३२ लाखमा सीमित भएको हो । बुटवल पावर कम्पनी, चिलिमे जलविद्युत्् र अरुण भ्याली हाइड्रोपावर कम्पनीले प्रकाशित गरेका वित्तिय विवरणको आधारमा यस्तो देखिएको हो । सूचीकृत अर्को एक कम्पनी नेसनल हाइड्रोपावरले यसपटक पनि आफ्नो वासलात प्रकाशित गरेको छैन ।

कम्पनीहरूको विद्युत् बिक्रीबाट भएको आम्दानी पनि एक प्रतिशतले घटेर ४६ करोडमा सीमित भएपछि नाफामा प्रभाव परेको हो । तीन कम्पनीमध्ये बुटवल पावरको नाफा ६७ प्रतिशतले र अरुण भ्यालीको नाफा छ प्रतिशतले घटेपछि समग्रमा कम्पनीहरूको मुनाफा घटेको छ । बुटवलको एक करोड ६० लाख र अरुण भ्यालीको एक करोड २४ लाखमा नाफा सीमित भएको छ । चिलिमेको नाफा करिब दुई प्रतिशतले बढेर ३१ करोड ४८ लाख रुपियाँ पुगेको छ ।
चुक्ता पुँजीको आधारमा चिलिमे जलविद्युत्को नाफा प्रतिशत धेरै (१३ प्रतिशत) छ । चुक्तापूाजी ३० प्रतिशतले बढे पनि कम्पनीको चुक्तापुँजीको आधारमा नाफा भने कम भएको हो । बुटवलको दुवै आवमा समान चुक्ता पुँजी भए पनि पुँजीको आधारमा नाफा घटेर १.५७ मा सिमित भएको छ । अरुण भ्यालीको चुक्ता पुँजी बढेको भए पनि यो रकमको आधारमा नाफा पनि घटेर चार प्रतिशतमा सिमित भएको छ ।
बुटवल पावरको अन्य आम्दानी शून्य छ । कम्पनीको लाभांस आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको हिमाल पावर लिमिटेड हो । कम्पनीले त्यहाँबाट वार्षिक रूपमा लाभांश लिने भएकाले वर्ष अन्त्यमा नै यो आम्दानी देखिन्छ । हिमाल पावरको स्वामित्वमा खिम्ती जलविद्युत् कम्पनी छ । साथै खुदी हाइड्रोपावर, हाइड्रो कन्सल्ट, झुम्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावरलगायतमा पनि बुटवल पावरको लगानी छ ।
बुटवल पावरले निर्माणधिन आयोजनामा ९५ प्रतिशतले लगानी बढाएको छ । आाधी खोला स्तरोन्नतिको काम भइरहेको, न्यादी हाइड्रोपावर र काबेली ए हाडड्रो इलेक्ट्रिकको काम चाँडै सुरु हुने बताउँदै आएको छ । बुटवलको प्रतिसेयर आम्दानी १.५८, मूल्य आम्दानी अनुपात पाँच सय सात रहेको छ । चिलिमेको विद्युत् बिक्रीबाट भएको आम्दानी ४.४० प्रतिशतले र ब्याज तथा अन्य आम्दानी १.५० प्रतिशतले बढेपछि नाफा बढेको हो । विद्युत् बिक्री दरमा ६ प्रतिशतले वृद्धि भएको कारण बिक्री आम्दानी बढेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया