हारियो भने बर्बाद हुन्छ : प्रचण्ड (अडियोपनि)

prachandकाठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटा गोप्य प्रशिक्षणको अडियो टेप सार्वजनिक भएको छ ।

काठमाडौं क्षेत्र नम्बर दशमा कात्तिक २९ गते कार्यकर्ताहरुलाई गोप्य रुपमा सम्बोधन गर्दै प्रचण्डले जुनसुकै हालतमा पनि चुनाव जित्नुपर्ने बताएका हुन् ।

त्यसका लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्न उनले निर्देशन दिए । प्रचण्डको सो अडियो यूट्यूवमा राखिएको छ ।

अडियो…..

जुन यहाँहरुलाई जस्ताको तस्तै अहिले यो संविधानसभामा पनि हामी त्यही उद्देश्यको निम्ति चुनावी लडाईमा छौं ।

त्यसकारण हामी फेरि पनि युद्धमै छौं । हामी फेरि पनि लाडाईंमै छौं । र, यो लडाईं हामीले जित्नै पर्ने स्थिति छ ।

मैले हाम्रो पार्टीको केन्द्रीय समितिमा पुरा जोड दिएर भनेको थिएँ, र हामी केन्द्रीय समितिको पहिलो विस्तारित बैठकमा जुरुक्कै हाम्रो केन्द्रीय समिति उठेकै हो त्यो विस्तारित बैठकको हल उठेको थियो, जुरुक्कै उठयो ।

कि हामीलाई हार्ने छुटै छैन । हामी हार्नु भनेको हामी दुर्घटनातिर जानु हो । सारा चिज बर्बाद हुने स्थिति छ फेरि । हामी हरहालतमा जित्नै पर्छ ।

अहिले पनि हामी लडाईंमै छौं कमरेडहरु

तपाईं हामीले यो संविधानसभाको निर्वाचनको लडाईं जित्नै पर्‍यो र पर्छ । हार्ने हामीलाई छुट छदैंछैन । हारियो भने बर्वाद हुन्छ । 

यहाँ अहिले यो उम्मेदवार त्यो उम्मेदवार छोड्दिनुस, जोसुकै होस हाम्रो पार्टीले जित्नैपर्छ, हामीले जिताउनैपर्छ । जितेनौं भने बर्वाद हुन्छ ।

त्यसकारण अरू सबैकुरा छोडेर मैले भने, र म फेरि दोहोर्‍याएर भन्छु – सबै कुरा छोडेर हामीले जित्नेमा मात्रै ध्यान दिनुपर्‍यो, ४ गतेसम्म ।

साम, दाम, दण्ड, भेद जे–जे गरेर हुन्छ जित्ने । यो कुरा विचार गर्नुहोला नेतृत्वका कमरेडहरू ।

जित्नुपर्छ जे गरेर भए पनि जित्नुपर्छ । यसो भन्दा कतिपय आदर्शबादीहरूले जे गरेर पनि जित्ने भनेपछि पैसा बाँडेर पनि जित्ने र पैसा भएदेखि बाँडेर पनि जित्ने हो ।

मैले त्यसो भन्ने गर्थे पहिला पनि । कसैले राँगो काट्ने, रक्सी बाँड्ने, अलिकति पैसा पनि बाँड्ने, मोटरसाइकल बाँड्ने ।
सकिन्छ भने हामीले कब्जा गरेर जनतालाई यो तपाईंको हो, यसको होइन भन्दिने हो ।

सहभागिको ताली……

पैसा पनि कब्जा गर्ने ।
१० नम्बर क्षेत्रमा हाम्रो पहिलाको भन्दा घट्यो भने चाँही राम्रो कुरा हुदैंन । त्यसको मेसेज, रियाक्सनकारीहरूले देश भित्रकाले पनि र बाहिरकाले पनि

जे होस पार्टीको लोकप्रियता घटेकै छ । नेतृत्वको लोकप्रियता घटेकै छ ।

हामी पहिला लडेको ठाउँबाट फेरि लड्दा भोट घटयो भने पहिला यति आथ्यो, अर्कोपटक त घटयो । भनेपछि त्यो मेसेज

के हुन्छ भने सन्देशचाँहि घटयो, माओवादीको लोकप्रियता र माओवादी नेताहरूको लोकप्रियता र हैसियत घटेको छ भन्ने

हुनजान्छ ।

त्यो कुरामा जब भोट, त्यो फोटो सहितको नामावलीको कुरा आएपछि गोरखा २ नम्बर निर्वाचन क्षेत्र जहाँ बाबुरामजी

लडेको हो, पहिले उहाले पाएको भोट जति अहिले नेपालको मतदाता नै छैन ।

हाँसो….

देशभरिमा सबभन्दा बढी भोट बाबुरामजीले पाउनुभो, अहिले मतदातै ४६ हजार छैनन् ।

भनेसी, हिजोभन्दा घटेको किन बनाउने अर्को ठाउँमा बढेको किन नबनाउने भन्नेसँग सम्बन्धित छ ।

र साम, दाम, दण्ड, भेद जसरी भएपनि चुनाव जित्नको लागि अपील गर्दै अहिले बिदा हुन्छु ।

हवस त धन्यवाद

(एमालेद्वारा जारी बुलेटिनबाट साभार)

 

 

प्रतिक्रिया