श्रीलंकामा वादोरियोलाई ५ स्वर्ण

काठमाडौं : श्रीलंकाको रत्नपुरामा भइरहेको प्रथम वादोरियो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले स्वर्ण जितेका छन् । ४ पुरुष र १ महिला खेलाडीले स्वर्ण जितेको वादोरियोका प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले आइतबार जनाएका छन् ।
पुरुषतर्फ सिमोन खत्री, कैलाश बस्नेत, तेजबहादुर तामाङ र आकाश तामाङले नेपाललाई स्वर्ण दिलाए । महिलामा रोएकता सिंहले स्वर्ण चुमिन् । (सौस)

प्रतिक्रिया