ग्यास र पेट्रोलियम पदार्थको अभाव

gasओखलढुंगा, ३ मंसिर । जिल्लामा ग्याँस र पेट्रोलीयम पदार्थको अभाव भएको छ । नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले गरेको यातायात बन्दका कारण यातायातका साधनहरु ठप्प भएपछि जिल्लामा ग्याँस र पेट्रोलीयम पदार्थको अभाव भएको हो । त्यस्तै चुनावी प्रचारमा रहेर आइतबारबाट घर फर्कन सुरु गरेका विभिन्न दलका नेता तथा कार्यकर्ताहरुलाई पनि यात्रामा समस्या भएको छ । सदरमुकामका सबैठाँउमा पेट्रोलीयम पदार्थको अभाव भएको विक्रेताहरुले बताएका छन् । जिल्लाका विभिन्न १० ठाँउबाट पेट्रोलीयम पदार्थको विक्रि वितरण हुँदै आएकोमा अहिले कुनैमापनि पेट्रोल नभएको उपभोक्ताले बताएका छन् । मतदान दिन गाँउ जाने तथा बाहिरबाट आएकाहरुपनि अधिकांश सदरमुकाममा मोटरसाईकल घिसार्दै पेट्रोल खोज्न भौतारीरहेका छन् । बजारमा पेट्रोलीयम पदार्थको अभाव भएसँगै व्यापारीहरुले केहि दिन देखि कालो बजारी सुरु गरेका छन् । १ सय ४० रुपिँया लिटर मा विक्रि हुँदै आएको पेट्रोल अहिले बजारका खुद्रा व्यापारीहरुले एक सय सय ७० मा बेच्न थालेका छन् । सुरुमा छैन भन्ने र आपतमा परे भन्नासाथ थोरै छ तर लिटरको एक सय ७० पर्छ भन्ने गरेको पाईएको छ ।

‘करिव दुई घण्टा बजार घुम्दा कतै नपाए पछि अन्तत: विचल्लीमा परे भन्ना साथ त्यसो भए लैजानुस् दूई लिटर म सँग छ तर लिटरको एक सय ७० पर्छ भन्दै रमाईलोडाडाँका एक व्यापारीले तेल झिकेर दिए ।’ एक उपभोक्तले भने । ढुवानी बन्द भएसँगै जिल्लामा सामानको अभाव भएको र भाउ पनि बढेको व्यापारीहरुले बताएका छन् ।
यसैविच जिल्लामा विगत ४ दिन देखि ग्याँसको चरम अभाव भएको छ । चुनाव बहिस्कारका पक्षमा रहेको नेकपा माओवादी  नेतृत्वको ३३ दलिय मोर्चाद्धारा गरिएको यातायात बन्दका कारण ग्याँसको चरम अभाव भएको उद्योग वाणिज्य संघ ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया