ठूला नेताको निर्देशनमा अपराध कार्य: सरकार

Madhav-Prasad-Ghimireकाठमाडौ, २ मंसिर । गृहमन्त्री माधवप्रसाद घिमिरेले मतदातालाई मतदानका बेला त्रास उत्पन्न गर्ने समूहलाई कारकाही गर्ने चेतावनी दिएका छन् ।

गृह मन्त्रालयमा आज (आइतबार) पत्रकारसँग कुरागर्दै घिमिरेले केही दल र समूहले अमानवीय, घृणित र अपराधी पूर्ण कार्य गरेको बताए । अपराधिक कार्यमा संलग्नहरुलाई पक्राउ गरिसकेको भन्दै उनले पक्राउ परेकाको बयानका आधारमा दोषी नेता वा समूहलाई पक्राउ गरी कारबाही गर्न आदेश भई सकेको बताए ।

‘अपराधिक कार्य गराउन आदेश दिने नेता वा समूहलाई कारबाही गर्न आदेश भएको छ,’ उनले भने, ‘हिंसा मच्चाउने जो भए पनि कारबाही हुन्छ ।’ उनले हिंसात्मक घटनाका बारेमा अनुसन्धान गरिरहेको बताए ।

‘ठूला नेताहरुको आदेशमा यस्ता घटना भएको देखिएको छ,’ गृहमन्त्री घिमिरेले भने, ‘निश्चित भए पछि ठूला नेताहरुलाई पनि पक्राउ गरेर कारवाही गर्छौ ।’

घिमिरेले मंसिर ४ गते हुने संविधान सभाको चुनावको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले मतदाताहरुलाई घरदेखि मतदान केन्द्रसम्म र भोट खसालीसकेपछि घरसम्म सुरक्षित रुपमा पुग्न सक्ने सुरक्षा व्यवस्था मिलाएको बताए ।

प्रतिक्रिया