घाईते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं, २ मंसिर । पेट्रोल बम प्रहारबाट गम्भीर घाईते चालक राजकुमार देउजाको उपचारका क्रममा मृत्यु भएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा चालक देउजाको आज (आइतबार) मृत्यु भएको हो । ना ३ ख ५६९७ नम्बरको ट्रकलाई गन्तव्य तर्फ लैजाँदै गर्दा पेट्रोल बम प्रहार भएको थियो ।
बाराको पथलैया–निजगढ सडक खण्डको दधौरामा बिहीबार अपरिचित समूहले प्रहार गरेको पेट्रोल बम लागेर देउवा घाईते भएका थिए । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भीक उपचार पछि उनलाई शुक्रबार शिक्षण अस्पताल ल्याईएको थियो ।
यातायात बन्दका क्रममा ट्रक चलाएका देउजालाई पेट्रोल बम प्रहार भएको हो । प्रहरीले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर घईते बनाएको आशंका गरेको छ ।
यसैबीच, सरकारले देउजाका आफन्तलाई राहत दिने निर्णय गरेको छ । गृहमन्त्री माधव घिमिरेले देउजाका आफन्तलाई राहत क्षतिपूर्ति दिने बताए ।

प्रतिक्रिया