बर्दिया, २ मंसिर । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) पार्टीले सदरमुकाम गुलरियामा कातिक २७ गते निकालेको चुनावी र्यालीमा बालबालिकाको प्रयोग गरेको छ ।
र्यालीमा १५ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु बयस्क मानिसहरुसंगै साइकलमा झण्डा हालेर नारा लगाउादै हिंडेका थिए । निर्वाचन आचारसंहिता २०७० को बुादा नं ३२ मा बालबालिकालाई आमसभा, बैठक वा भेलामा सहभागी गराउन तथा चुनावी प्रचार प्रसार र अन्य निर्वाचन साग सम्बन्धित कुनै पनि गतिविधि गर्न गराउन नहुने उल्लेख छ । नेपालको अन्तरिम संविधान २०६३, बालअधिकार सम्बन्धि महासन्धी १९८९, बालबालिका सम्बन्धी ऐन २०४८ बालश्रम (नियमन र निषेध गर्ने) एने २०५६ लगाएतका ऐनहरुमा समेत कुनैपनि राजनीतिक त्रिक्रियाकलापको लागि बालबालिकाको प्रयोग गर्न नपाईने व्यवस्था छ ।
प्रतिक्रिया